Sunday 25th October 2026

मृगौला पीडित गुरुङलाई कुवेतबाट आर्थिक सहयोग


बसन्त थापा- स्याङ्गजा जिल्लाको चापाकोट नगर पालिका ७ बङ्ररादी घर भएका मिर्गौला पीडित ४२ वार्षिय कमल गुरुङ लाई कुवेत बाट (५८ हजार १६८ ने रु.) मंगलवार १४ अगस्ट का दिन आर्थिक सहयोग हस्तान्तरण गरीएको छ।

बिगत केहि महिनादेखि दुवै मृगौला खरावी भएको हुँदा उनलाई सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो।

तत्काल उपचार गर्न चिकित्सकले सल्लाहा दिए पनी आर्थिक अभावका कारण समस्या भएकोले केहि दिन पहिला मात्र बस्ताकोटी द्वारा कुवेतमा कार्यरत नेपाली हरूलाई सहयोग गरिदिनको निमित्त आह्वान गरेका थीए।

दुवै मृगौला खराब भई हाल पोखरा को चरक हस्पिटल प्रतिष्ठानमा डाइलसिस गराइरहेका कमल गुरूँगलाई कुवेतमा कार्यरत नेपाली  घनश्याम बस्ताकोटी, हेमन्त गुरूँङ ,बुधबहादुर बि:क , मुक्त बहादूर बि :क, र डि बि भुसाल बाट द्वारा संकलित रक़म ५८ हजार १६८ रुपैयाँ आर्थिक सहयोग रकम संकलन गरी नेपालमा उपचारर्थ गुरुङका नाममा पठाएको बस्ताकोटीले तितोपाटी डट कम लाई जानकारी दिएका छन।

पीड़ित गुरुङको घरमा दुई छोरा, एक छोरी ,र श्रीमतीरहेका छन। घरको स्थिति निकै कमजोर रहेकोले पीडीत गुरूँगले आफुलाइ सहयोग गर्न अनुरोध गरेका थीए।

पीडित कमल गुरुङ लाई प्रेसर बढिरहने , टाउको दुख्ने लगायतका रोगले सताउदै आएको र गत माघमा रोगको चेक जाच गर्दा दुबै मिर्गौला फेल भएको डाक्टरले पुष्टि गरेको थियो, भने पीड़ित गुरुङलाई कुवेत बाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली हरूलाई बस्ताकोटीले हार्दिक धन्यवाद व्यक्त गरेका छन।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...