Thursday 1st October 2026

शरीरमा रगत बढाउने चुकन्दर खानुका फाइदाहरू


तितोपाटी – चुकन्दर अर्थात् बिटरुट निकै लाभदायक र पौष्टिक तरकारी हो । हेर्दा नै लोभलाग्दो, रातो देखिने यो तरकारीले सबै उमेर समूहका लागि उत्तिकै फाइदाजनक मानिन्छ ।

प्राचीन कालमा चुकन्दरको उपयोग यौन स्वास्थ्य बलियो बनाउन गरिन्थ्यो । यसैले यसलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । यसबाट नाइट्रिक अक्साइड निस्किन्छ, जसका कारण रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह बढ्दै जान्छ । यसबाहेक चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ ।

चुकन्दरको जुस खानाले व्यक्तिविशेषको स्टामिना १६ प्रतिशतसम्म बढ्ने दाबी गरिन्छ । यसो हुनुका पछाडि यसमा भएको नाइट्रेट तत्त्व कारक हुन्छ । शरीरमा अक्सिजनको वृद्घिले गर्दा मस्तिष्कले राम्ररी काम गर्न सक्छ ।

चुकन्दर खाँदा डिमेन्सिया (बिर्सने रोग) बाट आराम पाउन सकिने मान्यता छ ।

चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ । अनुसन्धानमा पाइएअनुसार, दिनहुँ ५ सय ग्राम चुकन्दर खाने गरे छ घण्टामा व्यक्तिविशेषको रक्तचाप कम हुन्छ ।

यसमा धेरै बढी मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ । शक्तिशाली एन्टिअक्सिडेन्ट भेटासायनिनले गर्दा नै यसको रंग रातो भएको हो । यो भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ, जसले गर्दा यो धमनीमा जम्दैन । अनि ह्दयाघातको जोखिम कम हुन्छ ।

चुकन्दर खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसमा धेरै मात्रामा आइरन हुन्छ । यही आइरनले रक्तअल्पतासँग लड्न सघाउँछ । आइरनको सहयोगले हेमोग्लुटनिन बन्छ, जो रगतकै एउटा खण्ड हुन्छ । यसले अक्सिजन र अन्य पोषक तत्त्वलाई शरीरको अन्य अंगसम्म पुर्‍याउन सघाउँछ ।

यसमा मिनरल सिलिकासमेत हुन्छ ।

यही तत्त्वले गर्दा हाम्रो शरीरले क्याल्सियमको प्रभावकारी रूपमा उपयोग गर्न सक्छ । यसको निरन्तर सेवनले अस्टियोस्पोरोसिस, हाड आदिको समस्याबाट बँच्न सकिन्छ ।

यसमा फलिक एसिड उच्च मात्रामा पाइन्छ । यो पोषक तत्त्व गर्भवती र शिशुको लागि महत्त्वपूर्ण हुन्छ । यसले गर्भस्थ शिशुको मेरुदण्ड बनाउन सहयोग गर्छ । यति मात्र होइन, यसले गर्भवतीलाई अतिरिक्त ऊर्जा पनि दिन्छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...