Wednesday 5th August 2026

इन्डोनेसियामा विमान दुर्घटना, १ जना १२ वर्षे बालकको जीवितै उद्दार अन्य सबैको मृत्यु


तितोपाटी – इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको छ। पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो। करिब ४० मिनेटको मात्र उडानका लागि विमान शनिबार अपराह्न उडेको थियो। तर उडेलगत्तै विमान सम्पर्कबिहीन भएको थियो।

इन्डोनेसियाको ओक्सिबील उपजिल्लाको एक घना जङ्गल भएको पहाडमा विमान खसेको थियो। विमानका भग्नावशेषहरु भेटिएको र उद्धारको काम जारी रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। तर सो विमानमा रहेका एकजना १२ वर्षीय यात्रु भने जीवितै रहेका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन्।

पपुवाका सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल दाक्स सियान्तुरीले भने– हामी दुर्घटनाग्रस्त भएको जहाजको भग्नावशेषसम्म नै पुग्न सफल भएका छौँ, त्यस दुर्घटनाबाट आठजनाको ज्यान गएको छ भने एकजना यात्रु जीवितै उद्धार गर्न सकिएको छ।

सो विमान दुर्घटनाको कारण पत्ता लागेको छैन्। विमान दुर्घटनाबारे अनुुसन्धान गर्न उड्डयन केन्द्रले एक अनुसन्धान समिति गठन गरेको छ। उक्त विमान एक निजी कम्पनीको रहेको थियो। त्यसमा सात जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका थिए।

उद्धारकर्तालार्इ उक्त विमान खसेको स्थानमा पुग्न कम्तीमा पनि दुई घन्टा लागेको थियो। विमान खसेको स्थान देखेपछि पनि पहाडको निकै अप्ठेरोमा विमानका भग्नावशेष देखिएकोले त्यहाँ पुग्न पनि समय लागेको सैनिक अधिकारीले जनाएका छन्।

इन्डोनेसियाको पपुवा प्रान्त निकै दुर्गममा रहेकोले त्यहाँ पुग्न नै कठिन हुने गर्दछ। उता इन्डोनेसियामा हवाई सुरक्षाको अवस्था निकै कमजोर रहेकोले बर्सेनि यहाँ हवाई दुर्घटनाबाट नागरिकको ज्यान जाने गरेको छ।

सोही पपुवा क्षेत्रमा गत वर्षको जुलाइमा भएको एक सानो विमान दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको थियो। त्यसैगरी सन् २०१५ को अगष्टमा पनि इन्डोनेसियामा भएको विमान दुर्घटनामा ५४ जनाको ज्यान गएको थियो।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...