Thursday 1st October 2026

पेटमा पर्ने जुकाः लक्षण, रोकथाम तथा उपचार


तितोपाटी – धेरै जसो केटा-केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकाहीं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् । जुका जो कोहिलाई पनि हुन सक्छ । जुकाका प्रकार पनि धेरै हुन्छन् । जस्तै, राउन्ड वर्मस, थ्रेडवर्मस, टेपवर्मस, पिनवर्मस, हुकवर्मस, जिआर्डिया आदि जुकाका प्रकार हून् ।


यो रोग लागेमा बिरामीले खाएको खाने कुराको पोषक तत्व जुकाले खाईदिन्छ । व्यक्तिको शरीरमा लाग्दैन र पीडित व्यक्ति जति खाएपनि दुब्लो-पातलो र कमजोर देखिन्छ । लामो समयसम्म यो रोगको उपचार नगरे रोगीलाई एनिमिया, कुपोषण, एलर्जि तथा छारेरोग लाग्ने संभावना बढि हुन्छ ।

जुँका पर्नुका कारणहरु : जुकाहरु सानो आन्द्रामा बस्छन् । फर्टिलाईजेशन (गर्भाधान) गरेपछि पोथीजुकाले लाखौंको संख्यामा फुल पार्छे । जुन फुल मानिसको दिशाबाट बाहिर निस्कन्छन् । अनुकुल वातावरणमा यि फुलहरु रोगजन्य हुन्छन् । यि फुलहरु दुईदेखि तीन सप्ताहमा सक्रिय लार्भा हुन्छन् । मानिसले जुकाको फुल खाएपछि संक्रमण सुरु हुन्छ । जुका पेटभित्र पर्ने होइन, खाएपछि मात्र बाहिरबाट पेटमा पर्ने हो । जुकाका फुलहरु सानो आन्द्रामा विकशित हुन्छन् र गतिशिल लार्भा बन्दछन् । सानो आन्द्राको भित्तालाई छेडेर रगतको नलीमा पस्छन् र दाहिने पट्टी मुटुमा पुग्छन् । त्यसपछि पुन: फोक्सोबाट घाँटीमा आइपुग्छन् । त्यसपछि अन्न नली हुँदै आमाशयमार्फत पुन: सानो आन्द्रामा पुग्छन् । यसप्रकार जुकाको जीवन चक्र चलिरहन्छ ।

कारण: जुका पर्नुको प्रमुख कारणमा नङ् टोक्ने बानी, हात नधोईकन खाने कुरा खानु, भुइमा झरेको खाने कुरा टिपेर खानु, काँचै खाने कुरा सलाद नपखाली खानु । नाक कोट्याउँदै औला मुखमा हाल्नु । माटो खानु । राम्ररी नपाकेको मासु खानु, धेरै गुलियो चिज खानु आदि पर्दछन् ।

लक्षण;- पेट दुख्नु, पखाला लाग्नु, अपच हुनु, वाक–वाक लाग्नु र बान्ता हुनु, ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्ने, वजन घट्नु, रोगी दुब्लोपातलो हुनु, अनुहार पहेलो देखिनु, बारम्बार नाकमा औला हाल्नु, मलद्वार चिलाउनु, आँखाको वरिपरि कालो घेरा पर्नु, धेरै भोक लाग्नु, पेट ठुलो हुनु र कडा हुनु, निन्द्रामा दाँत किटकिटाउनु, निन्द्रा मै औछ्यानमा पिशाब गर्नु, पिशाव सेतो भएर जम्नु, निन्द्रामा बेचैनी हुनु, जिउ भारी हुनु, हात खुट्टा चिसो बनिरहनु, चिडचिडापन आउनु, जिद्दिपना हुनु, सा-सानो कुरामा रुनु/कराउनु, जे गर्दा पनि उसको चित नबुझ्नु ।

रोकथाम : धेरैजसो बालबालिकाहरु फोहर तथा दुषित माटोमा खेल्दा उनीहरुको हातमा जुकाको फुल टाँसिन्छ र पछि मुखमा औंला हाल्दा जुका सर्ने हुनाले घरमा केटाकेटीहरुलाई सफा सुग्घर गर्ने बानी बसाल्नु पर्छ । खाना खानु अगाडि साबुन पानीले हात राम्ररी धुने । भुईमा झरेको खाना नखाने । हातको नङ काट्ने ताकि फोहर जम्मा नहोस् । जहाँ पायो त्यही दिशापिशाब नगर्ने । खाने पानी उमालेर वा फिल्टर गरेर मात्र खाने । भान्छा कोठाको सफाइमा ध्यान दिने । झिंगाबाट खाद्य तथा पेय पदार्थ बचाउने । परिवारमा कसैलाई जुका परेमा सबैलाई उपचार गराउने । बच्चाको मुखमा औला हाल्ने बानी छुटाउने । पेट सफा राख्ने कब्जियत हुन नदिने । जुका हेर्दा सामान्य भएतापनि कहिलेकाहि यसले नराम्रो परिणाम देखाउने रोग भएको हुनाले सबै जना सजग भइ व्यक्तिगत सरसफाइमा ध्यान दिएर समय–समयमा दिसाको परीक्षण गराई उपचार गरेमा जुकाबाट बच्न सकिन्छ । यो समस्यामा खानपिनमा सुधार गर्दै सरसफाइमा ध्यान पुर्‍याई उपचार गर्न सकिन्छ ।

के खाने : स्वच्छ सफा पौष्टिक खान खाने । तरकारी र फलमा करेला, परवल, लौका, काँचो मेवाको सब्जी, बेथुको साग, पुदिना, प्याज, गोलभेंडा, गाँजर, अमला, स्याउ, पाकेको अम्बा , आलुबखेडा, केरा, भुईकटहर, काँचो नरिबल र नरिवलको पानी खाने ।

के नखाने : तारेको, भुटेको, बासिखाना, बेसनबाट बनेको खानेकुरा नखाने । मिठाई, चकलेट, चिनी नखाँदा राम्रो ।

उपचार : होमियोप्याथीमा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्यनजर राखेर रोगको अवस्था, जुकाको प्रकारसमेतलाई हेरि यस समस्याको लागि प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन । औषधिहरु, सिना, चेलिडोनियम आयल, फिलिक्स मास, सेन्टो नाइन, कुप्रम अक्सिडेटम, नेट्रम फोस, केलिम्युर, टियुक्रियम, कुकरबिटा पेपो, चिलोन-क्यू, स्पाइजेलिया, कल्केरिया कार्ब, सलफर, एब्रोटेनम, टेरिबिन्थ, टेल्युरियम, केलेडियम आदि ।

उल्लेखित औषधिहरुको प्रयोग आफ्नो नजिजकको कुनै प्रशिक्षित चिकित्सकको सल्लाह लिई सेवन गर्नु उपयुक्त हुन्छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...