Friday 31st July 2026

इन्डोनेसियाको भूकम्पमा मर्नेको संख्या १३१ पुग्यो, १ लाख ५६ हजार भन्दा बढी विस्थापित


तितोपाटी – इन्डोनेसियाको लोम्बोकमा गत आइतबार गएको शक्तिशाली भूकम्पमा बुधबारसम्म १ सय ३१ को मृत्यु भइसकेको जनाइएको छ  भने  भूकम्पका कारण १ लाख ५६ हजार व्यक्ति विस्थापित भएका छन् । यस्तै, २ सय ३६ घाइते भएका छन् भने कतिपय अझै पनि बेपत्ता रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने राष्ट्रिय प्रकोप नियन्त्रण विभागले जनाएको छ । ७० हजारले आफ्नो घरबास गुमाएका छन् ।

शिविरमा राखिएका प्रभावितलाई खाद्यपदार्थ, औषधि र सफा खानेपानीलगायत कमी भएको अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा गत आइतवार बेलुका ७ म्याग्नीच्युडको भूकम्प गएको हो।  सोही क्षेत्रमा गत साता आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको…

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले मंगलबार अमेरिकी सैन्य बलमाथि भएको भनिएको ब्यालेस्टिक मिसाइल आक्रमणको प्रयासको जवाफस्वरूप इरानका विभिन्न सैन्य…

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

प्रतिकृयाहरू
...