Friday 31st July 2026

भेनेजुएलाका राष्ट्रपतिको ड्रोनमार्फत हत्याको प्रयास


तितोपाटी – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो विस्फोटक ड्रोन हमलामा मुस्किलले बाँच्न सफल भएका छन्।

राजधानी कराकासमा आयोजित एक सैन्य कार्यक्रमलाई सम्वोधन गरिरहेको समयमा ड्रोन विस्फोट भएको थियो। विस्फोटमा राष्ट्रपति सुरक्षित रहेको अधिकारीहरुले बताएका छन्।

राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको भेनेजुएलाका सञ्चारमन्त्री जर्ज राड्रिग्जले बताएका छन्। उनका अनुसार यस घटनामा सात सैनिक घाइते भएका छन्।

खुला स्थानमा भएको सेनाको एक कार्यक्रमलाई राष्ट्रपति मदुरोले भाषण गरिरहेका थिए। भिडियोमा देखिए अनुसार अचानक सबै मानिसहरुले माथी हेर्दा हेर्दै घटना भएको थियो। सैनिकहरु भाग्दै गरेको दृष्य समेत देखिएको छ। विस्फोटक पदार्थले भरिएका दुई ड्रोन राष्ट्रपतिले सम्वोधन गरिरहेको पोडिम नजिकै पुगेका थिए।

आफ्नो हत्या प्रयास अमेरिका र कोलम्वियाले गरेको मदुरोले आरोप लगाएका छन्। यो विस्पोटको जिम्मेवारी कसैले लिएको छैन। घटनापछि राष्ट्रपतिले मन्त्री र सैनिक अधिकारीसँग वैठक बसेका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेतमा भएको ड्रोन आक्रमणमा परी नेपाली नागरिक सोम कुमार तामाङ (४४) को निधन भएको घटनालाई नेपाली राजदूतावास, कुवेत ले आधिकारिक…

देशको दक्षिणमा हिन्दू र मुस्लिम समूहहरू बीच भएको झडपमा तीन जनाको मृत्यु भएपछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले शान्त रहन आह्वान…

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको…

प्रतिकृयाहरू
...