Thursday 1st October 2026

खाद्य विषाक्तता (फुड प्वाइजनिङ)बाट कसरी बच्ने ?


तितोपाटी – अहिले गर्मी याममा फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तता सबैभन्दा बढी हुने स्वास्थ्य समस्या हो । नामबाटै प्रस्ट छ । यो रोग खानाका कारण हुने गर्छ । प्रदूषित, बासी खाद्य पदार्थ खाँदा यो समस्या उत्पन्न हुन्छ ।

गर्मी याममा पकाइएका वा अरू खाद्य पदार्थमा ब्याक्टेरियाले बढी आक्रमण गर्ने गर्छ । अनि त्यस्ता वस्तु खाँदा स्वास्थ्य बिग्रिने गर्छ । त्यसैले सधैं ताजा खाना खानुपर्छ । बासी खाद्य पदार्थमा सबैभन्दा बढी ब्याक्टेरिया उत्पन्न हुन्छ, चाहे त्यो फ्रिजमा राखिएकै किन नहोस् ।

खानालाई फ्रिजमा धेरै दिनसम्म राखेर खानु हुँदैन । फ्रिजमा राखिएका खानेकुरा खानुभन्दा अघि गन्हाए–नगन्हाएको सुनिश्चित गर्नैपर्छ । पकाएको खाना सदैव सुरक्षित हुन्छ । खाना पकाउँदा ब्याक्टेरिया सजिलै मर्छ । यसैले खाद्य विषाक्तताबाट बच्न खानालाई राम्ररी पकाउनुपर्छ । मुख्य रूपमा अन्डा, चिकेन, मटनजस्ता मांसाहारी खाद्य पदार्थ राम्ररी पाकेको हुनुपर्छ ।

हामीले पकाएको भोजनलाई दुई घण्टाभन्दा बढी राख्नुहुन्न । यसलाई उचित समयमै खानुपर्छ वा उपयुक्त तापक्रममा राम्ररी संरक्षित राख्नुपर्छ ।

सागसब्जी, अन्डा, माछामासु लगायतका काँचो भोजनलाई छुनुभन्दा अगाडि साबुन पानीले हात धोएको हुनुपर्छ । हात राम्ररी धोएपछि मात्र खाना पकाउन सुरु गर्नुपर्छ । माछामासुजस्तो काँचो भोजन तयार पार्दा फरक चपिङ बोर्डको उपयोग गर्नु आवश्यक मानिन्छ ।

भान्सा कोठामा उपयोग गरिने तौलिया, तातो भाँडो समाउने लुगाफाटो आदिलाई नियमित रूपमा धोएर, घाममा राम्ररी सुकाएर मात्र प्रयोग गर्नुपर्छ । दिसापिसाब गरेपछि, नाक सफा गरेपछि र जनावरलाई छोएपछि पनि साबुनपानीले हात धुनुपर्छ ।

खाद्य विषाक्तता हुँदा वान्ता, वाकाकी, पानीजस्तै वा रक्तमिश्रित पखाला, पेट दुखाइ, ज्वरो आदि समस्या देखिन सक्छ । यसमा समय खेर नफाली तुरुन्त चिकित्सकीय सल्लाह आवश्यक हुन्छ ।

खाद्य विषाक्तता नहोस् भन्न हामीले सागसब्जी र फलफूल राम्ररी धोएर राख्नुपर्छ ।

उपयोग गर्नुअघि राम्ररी धुँदा यसले हामीलाई बिरामी हुनबाट जोगाउँछ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...