Thursday 1st October 2026

पखला लागेमा कसरी गर्ने घरेलु उपचार


तितोपाटी – कहिलेकाहिँ खानेकुरामा ध्यान राख्दाराख्दै पनि पखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्याउनभन्दा अघि नै घरमै उपचार गर्न सकिन्छ ।

१. पखाला लागेपछि शरीरबाट ठूलो मात्रामा खनिज नाश हुनेगर्छ । यसका लागि जीवनजल वा पानीमा कागती, नुन र चिनी मिसाएर दिनभर पिउनुपर्छ । त्यस्तै पातलो सुप वा फलफूलको जुस पनि शरीरमा पानीको मात्रालाई सही राख्न पिउन सकिन्छ ।

२. पखाला लागेको बेला धेरै फाइबर भएका फलफूल वा खाना भने खानु हुँदैन । स्याउजस्ता फलहरु खायो भने स्थिति झन खराब बन्न सक्छ ।

३. कडा कफी खायो भने त्यसले पनि पखाला नियन्त्रण गर्न मद्दत गर्छ ।

४. दहीमा भुटेको मेथी र जिरा मिसाएर खायो भने पखाला रोक्न सहयोग गर्छ ।

५. पखाला लागेको बेला दुग्ध उत्पादन जस्तै पनिर, चिज आदि खानुहुँदैन । तर, दहीमा भएको ब्याक्टेरियाले भने हाम्रो आहारनलीलाई दह्रो बनाउन मद्दत गर्छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...