Sunday 26th July 2026

क्यान्सर पीडित भुलको उपचारार्थ बेलायतबाट सहयोग


तितोपाटी – क्यान्सर पीडित कटि भुलको उपचारार्थ बेलायतबाट दुइ लाख एकसठी हजार  सहयोग उपलब्ध गराइएको छ ।

गरीबिका कारण उपचार गर्न नसकेपछि स्वदेश तथा विदेशका सहयोगदाताको साथ सहयोग र समर्थनमा काठमाण्डाैं ल्याएर उपचार गराइंदै गरिएका बैतडीका क्यान्सर पीडित कटि भुलको उपचार सहयोगार्थ  बेलायतमा रहेकी इशा गुरूङले बेलातमा रहेका नेपालीहरूमाझ अर्थ संकलन गरि सो रकम नेपाल पठाएकी हुन ।

निस्वार्थ भावनाले गरिव दुःखीहरुको सेवामा अहोरात्र खट्ने इशा गुरूङले बेलायतमा बसे पनि नेपालमा परेका विभिन्न अापत विपद र अप्ठेरामा परेका निर्धन र असाहाय व्यक्तिहरूलार्इ समय समयमा अार्थक अभियान संचालन गरि सहयोग गर्दै अाएकी छन् ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तड बैतडीका अति बिपन्न बर्गका क्यान्सर पिडित कारण कटी भुललाई आर्थिक सहयोग गर्नु पर्छ भनेर दुइ हप्ता आर्थिक अभियान चलाएर चर्चित पत्रकार रबि लामिछाने मार्फत आज हस्तान्तरण गरेकी इशा गुरुङले हालसम्म असहाय र गरीबहरुको सहयोगको लागि  करोड भन्दा बढी रकम संकलन गरि दुखि पीडितलाई हस्तान्तरण गर्दै आएकी छिन् । पछिल्लो समयमा धेरैलाई सहयोग गर्दै आएकी इशाले अहिले क्यान्सर पिडित कारण कटि भुललाई २,६१,००० {दुइ लाख एकसठ्ठी हजार}  हस्तान्तरण गरेकी हुन्  ।

नेपाली साझा मंचले भूलको उपचार जिम्मा सारदा भुसाल झालाई दिएको छ । उपचार जिम्मा लिएर रातदिन कटि भूलको सेवा गर्दै बसेकी सारदा भुसाल झा भन्नुहुन्छ करणकटि भुलकाे उपचार एक्लाे प्रयासले सम्भव नै थिएन, देश विदेशबाट यसरि सहयोग गरिदिनु हुने सम्पूर्ण मनकारी नेपाली मनहरूलाई साथै बिशेष गरि युके निवासी इशा गुरुङलाई धन्यबाद ज्ञापन गरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

यमनको हुथी विद्रोही समूहले साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्को का जिजान र यान्बु क्षेत्रमा रहेका सुविधामाथि क्षेप्यास्त्र तथा…

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना हुँदा यसले यो क्षेत्रलाई शान्ति, समृद्धि र साझा विकासतर्फ लैजाने ठूलो आशा जगाएको…

प्रतिकृयाहरू
...