Friday 17th April 2026

युएइमा १ किलो सुन उपहार जितेका नरेन्द्र मगरलार्इ उपहार हस्तान्तरण


तितोपाटी – वैदेशिक रोजगारीको सिलसिलामा युएइमा रहेका ईलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । मगरले समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल बन्दै उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै त्यहाँको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान्तरण गरेको एक्सचेञ्जका नेपाली व्यापार प्रमुख बेनी माधव ढकालले बताएका छन् ।

यसरी पाए मगरले सुन
इलामको जमुना–४ का २५ वर्षीय नरेन्द्र मगर दुबईको ट्रान्सगार्ड कम्पनीको क्याटिरङ विभागमा वेटरका रुपमा कार्यरत छन्।
नरेन्द्रले गत जून १२ तारिखमा अल अहालिया एक्सचेञ्जको बर दुबई शाखाबाट पढाइ खर्चस्वरुप बिर्तामोड झापामा अध्ययनरत आफ्नी बहिनी अनुसा थापामगरलाई २० हजार रुपैयाँ पठाएका थिए । विर्तामोड झापाको कन्काई कलेजमा स्नातक अन्तिम वर्षको अध्ययन गरिरहेकी बहिनीलाई पठाएको त्यही पैसाको कारण मगरले करिब ४५ लाख रुपैयाँ बराबरको सुन उपहार प्राप्त गरेका हुन् ।

उपहार स्वरूप  ठुलो रकम हात परेपछि नरेन्द्रले अब छुट्टी गएर स्वदेशमै कुनै व्यावसाय गरेर बस्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

प्रतिकृयाहरू
...