Friday 31st July 2026

बेइजिङस्थित अमेरिकी दूतावास नजिकै विष्फोट


तितोपाटी – मध्य बेइजिङस्थित अमेरिकी दूतावास नजिकै बम बिस्फोट भएको खबर छ ।

चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार स्थानीय बिहिबार करिब साढे १ बजे चीनको राजधानी बेइजिङमा रहेको अमेरिकी दूतावास नजिकै बिस्फोटको चर्को आवाज सुनेका हुन् ।

यद्यपी, घटनाको केही समय पछि नै दूतावासमा नियमित कामकारवाही सूचारु भइसकेको र मानिसहरु भिसा आवेदनका लागि लाइनमा बसिरहेको बीबीसीका स्टेफन म्याकडोनलेले जानकारी दिए ।

बिस्फोट हुनु करिब साढे दुई घण्टाअघि स्थानीय समयानुसार बिहान ११ बजेतिर दूतावास नजिकै आत्मदाह गर्न खोज्ने एक महिलालाई पक्राउ गरिएको जानकारी आएको छ ।

दुई घटना सम्बन्धित भए नभएको बारे स्पष्ट जानकारी छैन ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...