Wednesday 20th May 2026

निरन्तर सम्बन्धमा क्रमभंग गर्दै बिछोडिने पुष्पकमल !


 १० बर्षे लामो जनयुद्धमा सँगै लडेका सहयोद्धा बाबुराम भट्टराई संगको सम्बन्धमा चाहेर होस् या नचाहेर होस् पुष्पकमल दाहाल ‘प्रचण्ड’ लार्इ अलग हुनु नै पर्यो । १२ बुदे सहमति देखि २१ दिने लामो जनअान्दोलन होस् वा गणतन्त्रको स्थापनाको लागि कुममा कुम जोडेर हिडेका तत्कालीन नेपाली काङ्ग्रेसका सभापति गिरिजा प्रसाद संग पनि सम्बन्ध कम भने थिएन यसले पनि निरन्तरता पाएन ।

चुतुर बिधामा पि एच डि गरेका झै लाग्ने पुष्पकमलले कहिले माधब कुमार नेपाल त कहिले झलनाथ संग पनि सम्बन्ध गास्न नभ्याएका भने होइनन् तर सबै स्थायी भने थिएनन् ।दोस्रो सबिधान सभा पछिको प्रथम राष्ट्रपतिको अाश्वसनकै उपहारको भरमा पनि सुशील कोइरालालाई पट्याउन भ्याएकै हुन तर संविधान जारी पछि शक्ति बाडफाडको हिस्सा मिलाउन एमालेसंग अंश खोज्न राम्रो सम्बन्ध गास्न अाएका उदाहरण जिवितै छन् । तीन महिने एमाले संगको सहकार्यको सम्बन्धलाई बिचबाटोमा छोडी सेर बहादुर देउवासंग अंगालो हाल्दै स्थानीय चुनाबमा देउवासँगै जहाज चढेर चितवन सम्मको हनिमुन ट्रिप नगरेका भने होइनन् तर यस्तो सम्बन्धलाई एमालेले अघि सारेको ६०/४० को फाइदा मुखि राजनीतिक अस्त्रले धुजाधुजा बनाई दियो । अन्ततः पानी बाराबार गरेका खड्गप्रसाद र पुष्पकमल एउटै घर बस्ने निर्णय गरेर अहिले खुब गाठिलो र घनिभुत सम्बन्धमा रमाइरहेका छन् ।

पुष्पकमलको बितेका पृष्ठभूमि हेर्दा यो सम्बन्ध पनि फाप्ला जस्तो देखिदैन र त हिजोअाज चिकित्सा शिक्षा विधेयक संसद्मा पेस गरेसँगै सरकार अप्ठ्यारोमा परेको छ। सत्तारुढ दल निकट चार भातृ संगठनद्वारा मेडिकल कलेज राष्ट्रियकरणको माग, डा. गोविन्द केसीको विगत २७दिनदेखिको जारी सत्याग्रह, केसीको समर्थनमा सदन अवरोध, सडक आन्दोलन, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न दलद्वारा केसीको मागमा सरकारविरुद्ध समर्थन, चिकित्सक संघको आन्दोलन र १४ जना सम्पादकहरूद्वारा केसीको समर्थन गर्दै विज्ञप्ति सार्वजनिक भएपछि सरकार घेराबन्दीमा परेको छ ।सायद यस्तै परिस्थिति रहि रहने हो भने बाह्य शक्ति केन्द्रले चलखेल गर्दै नबनिर्वित घर तहसनहस बनाउछन् र अन्ततः निरन्तर सम्बन्धलाई क्रमभंग गर्दै बिछोडिन्छन् होला कि त पुस्पकमल !


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...