Monday 5th October 2026

पाकिस्तानमा अाज चुनाब, चुनाबको क्रममा विष्फोट, ३१ जनाको मृत्यु


तितोपाटी – पाकिस्तानको बलोचिस्तान प्रान्तको क्वेट्टा शहरमा चुनाव चल्दै गर्दा भएको बम विस्फोटमा ३१ को मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

मृत्यु हुनेमा पाँच जना प्रहरी तथा दुइ बालक प‍नि रहेकाे स्थानीय डन डट कमले जनाएकाे छ ।

मतदाताहरु पूर्व क्रिकेटर इमरान खान र पूर्व प्रधानमन्त्री नवाज शरिफको दलमा विभक्त छन् ।

यत्रतत्र स-साना विष्फोट तथा दुर्इ दलका समर्थकबीच झडप पनि भइरहेको छ ।

चुनावको प्रचार प्रसार र मतदानलाई धाँधली र झडपका कारण ओझेलमा परेको छ । पाकिस्तानको मानव अधिकार आयोगले चुनाव बिथोल्न नकारात्मक र हिंसात्मक प्रयासहरु भइरहेको जनाएको छ ।

देशभरमैे कडा सुरक्षा कायम गर्न तथा मतपेटिकाको रक्षा गर्न ३ लाख ७० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनुकाे बावजूद हिंसा भड्किएको हो ।

बलोचिस्तान प्रान्तको क्वेट्टामा भएको विष्फोट एउटा निर्वाचन केन्द्रको ढोका अगाडि सुरक्षाकर्मीलाई लक्षित गरिएको आत्मघाती प्रयास भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

यसै महिनामा भएको पछिल्लो बम विष्फोटमा १४९ जनाको ज्यान गएको थियो जसलाई अहिलेसम्मकै क्रुरतापूर्ण आत्मघाती विष्फोट मानिएको थियो । यो घटनाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...