Wednesday 26th August 2026

नेपाली कामदारबाट अर्वाै ठगिएको भन्दै मलेसियन संसदमा छानविनको माग


तितोपाटी – मलेसियाकी डेमोक्रेटिक एक्सन पार्टी (डीएपी)की सांसद कस्तुरी पट्टोले कामदारबाट पाँच अर्ब नेपाली रुपैंयाभन्दा धेरै रकम ठगिएको विषयमा मलेसियाको गृहमन्त्रालयले छानबिन गर्नुपर्ने माग राखेकी छिन् ।

उनले पाँच वर्षदेखि नेपाली कामदार मलेसिया ल्याउने क्रममा अर्बौं ठगि भएको हुनसक्ने भन्दै त्यसबारेमा छानबिन गर्न मलेसियाको गृहमन्त्रालयलाई आग्रह गरेकी हुन् ।

मन्त्रालयले यसरी ठग्ने ‘साढेको सिङमा समातेर नियन्त्रण गर्नुपर्ने’ बताउँदै अध्यागमन विभागबाट सुरु गरेर विश्वव्यापी रुपमा छानबिन गर्नुपर्ने उनले बताइन् ।

अध्यागमनले गर्नुपर्ने काममा मलेसियाली कम्पनीहरुको माध्यमबाट धेरै पैसा ठगिएको उनले बताइन् ।

अमेरिकाको बेस्टिनेट एसडिएन बिएचडी कम्पनीसँग आबद्ध भएका नेपाली कम्पनीहरुले भिसा र बायोमेटि्रक जाँचको लागि भन्दै अर्बौं ठगिएको नेपाली सञ्चारमाध्यममा प्रकाशित भएपछि कस्तुरीले यसबारेमा छानबिन गर्नुपर्ने आवाज उठाएकी हुन् ।

श्रम मन्त्री गोकर्ण बिष्टले यस्ता सिन्डिकेटधारी संस्था खारेजी घोषणा गर्दै गृहमन्त्रालयमार्फत कारवाही चलाएका छन् ।

मलेसियन सांसद कस्तुरीले पूर्ववर्ती वारिसान नेसनल पार्टीका नेताहरुको समेत मिलेमतोमा ठगी भएको आरोप लगाएकी छिन् । ‘यस्तै माफियातन्त्रको कारण नेपाल सरकारले उनीहरुको कामदारलाई मलेसिया पठाउन छोडेको हुनसक्छ’ उनले भनिन् ।

नेपाल सरकारले दुई महिनाअघि मलेसिया कामदार पठाउने क्रममा चरम ठगी भएको भन्दै मलेसिया कामदार पठाउने प्रक्रिया बन्द गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...