Saturday 26th September 2026

बिबि मल्लद्वारा संचालित एम्बुलेन्स अभियानको एकल साझ कार्यक्रम हुँदै


बसन्त थापा- कुवेतमा कर्यारत बिबि मल्ल ठकुरी द्वारा संचालित एकल साझ एम्बुलेन्स अभियानको  कार्यक्रम कुवेत स्थित अल हैतम रेस्टुरेन्ट को पछाडी युनिक अडोटरीयम हल मा २०१८/१०/ १२ तारीख  शुक्रबारको दिन हुने भएको छ ।

आफ्नो गृह जिल्लामा बिरामी पर्दा बिरामीहरुलाई समयमै उपचार गर्न नसकी अकाल मै मृत्‍युवरण गर्नु परेको ब्याध्यत्यात्मक परिस्थितीलाई केही हद सम्म भए पनि राहत पुर्याउने उदेश्यले गत जुलाई माहिनाबाट ठकुरीले एकल साझ एम्बुलेन्स सन्चालन अभियान सन्चालन गरेको थिए ।

उक्त अभियानकै दौरानमा यस अभियानलाई अर्थिक सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहरुलाई मल्लले हार्दिक धन्यवाद व्यक्त गरेका छन।

उक्त अभियान आगामी २०१८ नोवेम्बर मैनाको अन्तिम दिन सम्म जारी रहने भएको छ भने  अभियानलाई आर्थिक सहयोग गर्ने प्रतिबद्ता जनाई अहिले सम्म उक्त रकम अभियान कर्ता मल्ल लाई हस्तान्तरण गर्न बाँकी रहनु भएका माहानुभाबहरुले आगामी २५ नोवेम्बर २०१८ को दिन भित्रमा आफुले प्रतिबद्ता जनाउनु भए अनुसारको सहयोग रकम यस अभियानकर्तालाई संपर्क गरी हस्तान्त्रण गरिदिनु हुन अभियानकर्ता मल्लले तितोपाटी डट कम मार्फत सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक अनुरोध गरेका छन।

सहयोगी दाताहरुलाई धन्यवाद दिदै कुवेतमा रहनु भएका विभिन्न संघ,संस्था र समाजका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी ,कलाकार र खेलाडी साथीहरुलाई उक्त कार्यक्रममा पाल्नु भै कार्यक्रम सभ्य र भव्य रुपमा सफल बनाउन सहयोग गर्नु हुन समेत अनुरोध गरेका छन।

कार्यक्रमको विवरण यस प्रकार रहेको छः

मिति- अक्टोबर १२
स्थान- युनिक अडोटरीयम हल
समय- मध्यान्ह १ बजे


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...