Sunday 5th May 2024

प्रियंका र प्रमोदले ‘कथा काठमाण्डु’ मा गरे ‘रातका कुरा’


तितोपाटी – चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ ।

गीतको भिडियोमा प्रमोद र प्रियंका निकै हट देखिएका छन् । दुइको अन्तरंग दृश्यलाई यसकी कोरियोग्राफर संगीता श्रेष्ठले कलात्मक ढंगले कोरियोग्राफी गरेकी छिन् । संगीताले नै यो चलचित्रको लेखन तथा निर्देशन गरेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ । चलचित्रमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।

गीतको बारेमा बोल्दै निर्देशक श्रेष्ठले, यो गीत र यसको भिडियोले चलचित्र बोल्ने बताइन् । काठमाण्डौ भित्र हुने ३ फरक फरक कथामा तयार गरिएको यो चलचित्रको भिडियोले युटुबमा सार्वजनिक भएसँगै चर्चा पाएको छ ।
प्रियंका कार्कीको यो हट अवतारले धेरैलाई अचम्मित समेत बनाएको छ । असोज १२ गतेबाट चलचित्र रिलिज हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...