Wednesday 26th August 2026

मलेसियाको जेलमा रहेका ३ नेपालीको अन्तर्राष्ट्रिय नेपाली समाजले उद्दार गर्यो


तितोपाटी – मलेसियाको जेलमा रहेका तीनजना नेपालीको उद्दार गरिएको छ ।

नयाँ शक्ति पार्टीको विदेश विभाग अन्तर्गत अन्तर्राष्टिय नेपाली समाज मलेसियाले उनीहरुको उद्दार गरेको हो ।

अवैधानिक अवस्थामा मलेसियाको अध्यागमनले पक्राउ गरेपछि जेल जीवन विताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१३ का रमेशकुमार थापा, बाँकेको वैजनाथ गाउँपालिका-२ जयप्रसाद शर्मा र पाचँथरका मदनकुमार सार्कीको उद्दार गरिएको हो ।

उनीहरुका परिवारसँग सम्पर्क गर्दा हवाइ टिकट पठाउन नसक्ने भएपछि समाजले एकतर्फी हवाइ टिकट उपलब्ध गराएको थियो ।

आउँदा दिनहरुमा पनि जेलमा रहेकाहरुलाई हवाइ टिकटका साथै अन्य सामाजिक कामहरुमा समेत सहयोग गर्ने समाजका अध्यक्ष वीरेन्द्र नेगीले बताए ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...