Wednesday 24th April 2024

रूकुमको सिस्नेमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० जना घाइते


तितोपाटी – सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो ।

मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा १० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले उद्धार कार्य चलिरहेको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

वर्षाको समयमा बाटो चिप्लो भएका कारण जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...