Wednesday 24th April 2024

उदयपुरमा १ महिलालार्इ अपहरण गरी बलात्कार गर्ने ४ जना पक्राउ


गाडी भित्रै  पालैपालो बलात्कार गर्दागर्दै  रंगेहात पक्राउ

तितोपाटी – एक महिलालाई गए राती सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेका ती अभियुक्तहरुमा लहान नगरपालिका–७ बस्ने २४ वर्षीय अमित गुप्ता, सोही स्थान बस्ने २५ वर्षीय सन्देश गुप्ता, २५ वर्षीय विवेक साह र सिरहाको मिर्चैया बस्ने २६ वर्षीय नितेशकुमार साह रहेका छन् ।

जिप्रका प्रमुख नवराज भट्टका अनुसार गएराती ११ बजेको समयमा लहान बजारमा आँप बेच्ने ३५ वर्षीया एक महिलालाई चारैजनाले अपहरण गरेर गाडीमै बलात्कार गर्दै उदयपुरको त्रियुगा नगरपालिका ल्याउँदै थिए ।

बा१४च ६८१७ नंको स्कार्पियो गाडीमा ती महिलालाई निःवस्त्र अवस्थामा ल्याउँदै गरेका बेला प्रहरी चौकी लालपता उदयपुरका गस्ती प्रहरीले उनीहरुले रंगेहात पक्राउ गरेको प्रहरी प्रमुख भट्टले बताए ।

घटनालगत्तै जिप्रकाबाट घटनास्थलमा पुगेको थप प्रहरीले गाडी, अपराधी र पीडित महिलालाई नियन्त्रणमा लिएको थियो । जिप्रकाले आज पत्रकार सम्मेलन आयोजना गरेर घटनाका बारेमा जानकारी दिएको हो ।

आफू लहान बजारको आँप व्यापारी भएको, राती खाना खान डेरामा जान लाग्दा चारजना पुरुषले बाटो छेकेर जबर्जस्ती गाडीमा चढाएको र मुखमा पट्टी बाँधिदिएर सबैले पालैपालो बलात्कार गरेको पीडित महिलाले आफ्नो बयानमा बताएकी छन् ।

स्वास्थ्य जाँच गराएर अहिले उनलाई महिला प्रहरी एकाइमा सुरक्षित राखिएको छ । उनको स्वास्थ्य अवस्थामा अहिले सुधार भइरहेको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार पक्राउ गरिएका चार जनाविरुद्ध आजै जिल्ला अदालतमा म्याद थप गरी अपहरण तथा बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिँदैछ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...