Saturday 26th September 2026

अमेरिकामा मारिएका रेशमको परिवारको लागि ८२ हजार डलर संकलन


तितोपाटी – अमेरिकी स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ का दिन ग्यास स्टेसनमा काम गरिरहेका बेला लुटेराको समूहबाट हत्या गरिएका रेशम बजगाईंको परिवारको सहयोगका लागि ८२ हजार डलर संकलन भएको छ।

गैर आवासीय नेपाली संघ, भर्जिनियाको अग्रसरतामा ‘गोफन्डमी डटकम’ मार्फत् उक्त रकम संकलन भएको हो। संघले ५० हजार संकलनको लक्ष राखेको थियो। नौ दिनमा लक्षितभन्दा ३० हजार डलर बढी उठिसकेको छ। सहयोग गर्न सकिने म्याद अझै दुई दिन बाँकी रहेकाले रकम अझै बढ्ने अनुमान गरिएको छ। हालसम्म सहयोग गर्ने जम्मा १५५३ मध्ये चालीस प्रतिशत गैर–नेपाली रहेका छन्।

एनआरएन भर्जिनियाका अध्यक्ष गोविन्द सुवेदीका अनुसार उक्त रकम बजगाईंकी पाँच वर्षीया छोरीको शिक्षाका लागि भन्दै परिवारलाई हस्तान्तरण गरिने छ।

एनआरएन, अमेरिकाका अध्यक्ष केशव पौडेलले भर्जिनिया च्याप्टरले गरेको उक्त कामको प्रशंसा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...