Wednesday 26th August 2026

दाङमा व्यावसायिक रूपमा अर्गानिक जमराको जुस उत्पादन


तितोपाटी – दाङको घोराहीमा अर्गानिक जमराको जुस व्यावसायिक उत्पादन शुरु भएको छ ।

काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन शुरु गरेको हो ।

घोराहीमा शाखा सञ्चालनमा आएसँगै जमराको जुस खान आउने मानिसको संख्या बढ्दै गएको प्रालि प्रमुख बालिका लामिछानेले बताए ।

प्रतिगिलास रु १२५ मा जुस बिक्री भइरहेको छ । यो जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुने गरेको लामिछानेले बताउनुभयो । बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने विश्वास छ ।

उत्पादन केन्द्रमा अहिले जुस पिउन आउनेको बिहान भीडभाड हुने गरेको छ । (रासस)


सम्बन्धित शीर्षकहरु

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

कुवेतमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १५० केडी, नभए पनि कम्तीमा १२५ केडीभन्दा कममा श्रमिक पठाउन नहुने सांसद क्षितिज…

प्रतिकृयाहरू
...