Saturday 5th July 2025

राती सुत्नु अघि नुहाउनुका फाइदाहरू


तितोपाटी – धेरैले बिहान नुहाउँछन् तर राती सुत्नु अघि नुहाउनु निकै फाइदाजनक हुन्छ । राती तातो पानीले होइन चिसो पानीले नुहाउनुहोस्, यसो गर्दा दिनभरीको थकान भाग्नुका साथै विभिन्न फाइदा पुर्याउँछ ।

१. सुन्दरताका लागिः

चिसो पानीले नुहाउँदा छालामा निखार आउँछ । यसले डण्डिफोरको समस्याबाट पनि राहत दिलाउँछ । सुत्नुअघि नुहाउँदा छालामा फोहोर जम्मा हुन पाउँदैन जसका कारण छाला चम्किलो हुनुका साथै सुख्खा हुनबाट जोगाउँछ ।

२. मोटोपनाः

आजकाल मानिसहरुको सबैभन्दा ठूलो समस्या भनेको मोटोपना हो । जिममा पसिना बगाएर, डाइटिङ गरेर र राती सुत्नुअघि नुहाएर पनि मोटोपना घटाउन सकिन्छ । यसका लागि सुत्नु अघि मनतातो पानीको प्रयोग गर्नुहोस् वा अत्यधिक चिसो पानीको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसो गर्दा शरिरको क्यालोरी बर्न हुन्छ र तौल सजिलै कम हुन्छ ।

३. मिठो निन्द्राः

तनावका कारण धेरैलाई राती निन्द्रा नलाग्ने समस्या हुनसक्छ । यदि यस्तो समस्या छ भने राती सुत्नु अघि एकपटक पक्कै नुहाउनुहोस् । यसो गर्दा शरिरले थकान बिर्सन्छ र राती राम्रोसँग निन्द्रा लाग्छ ।

४. रोग प्रतिरोधात्मक क्षमताः

सुत्नु अघि नुहाउँदा रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ जसका कारण शरिरले विभिन्न रोगसँग लड्न सक्षम हुन्छ । यसका साथै चिसो पानीले नुहाउँदा मुटु पनि स्वस्थ रहन्छ ।

५. उच्च रक्तचापमाः

जसलाई उच्च रक्तचाप छ, उनीहरुले राती सुत्नु अघि नुहाउनुपर्छ । ज्वरो वा रक्तचाप वृद्धि हुँदा तातो पानीले नुहाउँदा फाइदा पुर्याउँछ । यसले शरिरबाट पसिना निकाल्छ जसका कारण शरिर निकै चाँडो चिसो हुन्छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...