Thursday 1st October 2026

राती सुत्नु अघि नुहाउनुका फाइदाहरू


तितोपाटी – धेरैले बिहान नुहाउँछन् तर राती सुत्नु अघि नुहाउनु निकै फाइदाजनक हुन्छ । राती तातो पानीले होइन चिसो पानीले नुहाउनुहोस्, यसो गर्दा दिनभरीको थकान भाग्नुका साथै विभिन्न फाइदा पुर्याउँछ ।

१. सुन्दरताका लागिः

चिसो पानीले नुहाउँदा छालामा निखार आउँछ । यसले डण्डिफोरको समस्याबाट पनि राहत दिलाउँछ । सुत्नुअघि नुहाउँदा छालामा फोहोर जम्मा हुन पाउँदैन जसका कारण छाला चम्किलो हुनुका साथै सुख्खा हुनबाट जोगाउँछ ।

२. मोटोपनाः

आजकाल मानिसहरुको सबैभन्दा ठूलो समस्या भनेको मोटोपना हो । जिममा पसिना बगाएर, डाइटिङ गरेर र राती सुत्नुअघि नुहाएर पनि मोटोपना घटाउन सकिन्छ । यसका लागि सुत्नु अघि मनतातो पानीको प्रयोग गर्नुहोस् वा अत्यधिक चिसो पानीको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसो गर्दा शरिरको क्यालोरी बर्न हुन्छ र तौल सजिलै कम हुन्छ ।

३. मिठो निन्द्राः

तनावका कारण धेरैलाई राती निन्द्रा नलाग्ने समस्या हुनसक्छ । यदि यस्तो समस्या छ भने राती सुत्नु अघि एकपटक पक्कै नुहाउनुहोस् । यसो गर्दा शरिरले थकान बिर्सन्छ र राती राम्रोसँग निन्द्रा लाग्छ ।

४. रोग प्रतिरोधात्मक क्षमताः

सुत्नु अघि नुहाउँदा रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ जसका कारण शरिरले विभिन्न रोगसँग लड्न सक्षम हुन्छ । यसका साथै चिसो पानीले नुहाउँदा मुटु पनि स्वस्थ रहन्छ ।

५. उच्च रक्तचापमाः

जसलाई उच्च रक्तचाप छ, उनीहरुले राती सुत्नु अघि नुहाउनुपर्छ । ज्वरो वा रक्तचाप वृद्धि हुँदा तातो पानीले नुहाउँदा फाइदा पुर्याउँछ । यसले शरिरबाट पसिना निकाल्छ जसका कारण शरिर निकै चाँडो चिसो हुन्छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...