Thursday 1st October 2026

नीम एक, अाैषधी अनेक


तितोपाटी – नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने ।

नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन् । यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन् ।नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ । आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी भनिएको छ ।

पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ । सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ । त्यसैले यसलाई रोगनिवारक मानिएको छ । नीमको एक पातमा १५० भन्दा धेरै रासायनिक प्रबन्ध हुन्छ । यस धर्तीमा पाइने पातहरूमा नीमको पात नै सबैभन्दा जटिल हुन्छ ।नीमको पातले मानसिक रोग, दन्तरोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ । तपाईंले घरमा नीम रोप्नुभएको छ भने तपाईंमा यसको राम्रो प्रभाव पर्छ ।

शरीरमा करोडौं ब्याक्टेरिया हुन्छन् । तीमध्ये धेरैजसो ब्याक्टेरियाहरू हानिकारक हुन्छन् । ती हानिकारक ब्याक्टेरियालाई मार्नका लागि नुहाउनुअघि शरीरमा नीमको लेप लगाउनुस् र शरीरमै सुक्न दिनुस् । त्यसपछि पानीले मजाले धुनुस् । तपाईंको शरीरका सारा ब्याक्टेरिया नष्ट हुन्छन् । यसको विकल्पमा नीमका केही पात पानीमा राखेर रातभरि छोडिदिनुस् अनि बिहान उठेर त्यो पानीले शरीर नुहाउनुस् ।नीमले तपाईंको शरीर प्रणालीलाई सफा राख्छ । यसले गर्मी पैदा गर्छ र शरीरमा तीव्र एवं प्रचण्ड ऊर्जा उत्पन्न गराउँछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...