Thursday 24th September 2026

के केराको बोक्राले पनि फाइदा गर्छ ?


तितोपाटी – केराको बोक्रा छालादेखि मोटोपना कम गर्नका लागि निक्कै उपयोगी हुने गरेको तथ्यले देखाएको छ । केराको बोक्रामा फाइबरको मात्रा बढी हुन्छ । यदि तपाई दैनिक एक केराको बोक्रा खानु हुन्छ भने एक महिनामा तपाईको तौल दुईदेखि तीन किलोसम्म कम हुन्छ ।

केराको बोक्रामा दुई प्रकारका फाइबर हुन्छन्, सोल्यूबल र इन्सोल्यूबल, जसले शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्छ ।यदि तपाईको आँखाको ज्योति कमजोर भएको छ र चश्मा लगाउनुहुन्छ भने केराको बोक्रा खानुहोस् । केराको बोक्रामा ल्यूटिन हुन्छ, जसले आँखाको ज्योतिलाई बढाउँछ ।

केराको बोक्रामा पाइने ‘सेरोटोनिन’ले तपाईलाई राम्रो महशुस गराउँछ । ‘युनिभर्सिटी अफ ताइवान’को अध्ययन अनुसार, तीन दिनसम्म दैनिक दुई वटा केराको बोक्रा खानाले शरीरमा सेरोटोनिन हर्मोनको मात्रा १५ प्रतिशत बढेर जान्छ । जसअनुसार मान्छेको खराब मुडलाई अन गर्न मद्दत गर्छ ।

यदि तपाईलाई राम्रो निन्द्रा नलाग्ने समस्या छ भने केराको बोक्रा खानुहोस् । केराको बोक्रामा पाइने ट्रिप्टोफेन नामक एक रसायनले राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ ।हरियो केराको बोक्रा बढी फलदायी मानिन्छ । केराको बोक्राले शरीरमा रातो रगतको कोशिकालाई टुक्रिनबाट रोक्छ । तर पहेँलो केराको तुलनामा हरियो केराको बोक्रा फलदायी हुन्छ । केराको बोक्राले रगत सफा गर्नका साथै कब्ज्यतका बिरामीलाई पनि राहत दिन्छ । यदि केराको बोक्रालाई अनुहारको छालामा घोट्ने हो भने यसले छालालाई नरम बनाइ राख्छ ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...