Wednesday 5th August 2026

अाते-जातेमा ११ घण्टा लाग्ने थाइ गुफामा फसेका ८ जना को उद्दार, ५ जना अझै उद्दार हुन बाँकी


तितोपाटी – थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये ४ जना बालकलाई सोमबार बाहिर निकालिएको छ । आइतबार र सोमबार गरी अहिलेसम्म ८ जना विद्यार्थीलाई उद्धार गरिएको छ ।

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार बिहानबाट सुरु भएको थियो ।

स्थानीय समय अनुसार सोमबार बेलुका पाँच बजे उनीहरूलाई गुफाबाट बाहिर निकालिएको थियो । झण्डै छ घण्टा लामो प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

बाहिर निकालिएका बालकहरूलाई हेलिकोप्टर मार्फत् सिधैं चियाङ रायमा रहेको अस्पताल लगिएको छ ।

घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ तारिखका दिन उनीहरु गुफामा फसेका थिए । हराएको दिनदेखि खोजी सुरु भए पनि नवौँ दिनमा उनीहरूको अवस्था पत्ता लागेको थियो ।
फसेका १३ जनामध्ये अरु चारजनालाई पहिलो चरणमा आइतबार सकुशल उद्धार गरी बाहिर निकालिएको थियो । उद्धारको कार्य अति कठिन भएकाले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो ।

सोमबार पनि उद्धार कार्य स्थानीय समयअनुसार बिहान १० बजे सुरु भएकोमा बेलुका मात्रै उनीहरुलाई बाहिर निकालिएको थियो ।

उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा एम्बुलेन्स पनि पूर्ण तयारी अवस्थामा राखिएको छ ।

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्यास बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।

गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको छ । आइतबार यिनै चिम्नीबाट चारजनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले बाँकीलाई मंगलबारसम्ममा बाहिर निकालिसकिने जानकारी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...