Wednesday 16th September 2026

अब श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ


रोजगारदाता र ट्रेड युनियनको सहमतिमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी घोषणा गरेको हो। यो पारिश्रमिक साउन १ गतेबाट लागू गर्ने श्रम मन्त्री गोकर्ण विष्टले बताए।

आइतबार भएको छलफलमा रोजगारदाता आफूले प्रस्ताव गरेको १२ हजार ५ सय रुपैयाँबाट बढाएर १३ हजार ४ सय ५० रुपैयाँ दिन तयार भएका हुन्। ट्रेड युनियनले १७ हजार रुपैयाँबाट घटेर १४ हजार ५ सय रुपैयाँ दिनुपर्ने अडान राखेका थिए।

यस्तै अब दैनिक ज्यालादारीमा काम गर्नेले ५ सय १७ रुपैयाँ र घण्टाका आधारमा काम गर्नेले प्रति घण्टा ६९ रुपैयाँ पाउने भएका छन्।

सरकारले चिया बगानमा काम गर्ने र घरेलु कामदारको पारिश्रमिक छिट्टै तोक्ने जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

प्रतिकृयाहरू
...