Saturday 26th September 2026

लालिगुरास धमाका २०७५ को सम्पुर्ण तयारी पुरा, कलाकारको भव्य स्वागत


बसन्त थापा – लालिगुरास सांस्कृतिक परिवार नेपाल कुवेतले यहि आउदो 6 जुलाई २०१८ अर्थात भोलि शुक्रबार का दिनमा सांगीतिक कार्यक्रम लालिगुरास धमाका २०७५ हुदै उक्त कार्यक्रमको तयारी पुरा भैसकेको संस्थाका संयोजक माधव पौडेलले बताएका छन ।

नितान्त नेपाली गित संगीत र चर्चित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारको उपस्थिति रहने छ ।

उक्त सांगीतिक कार्यक्रममा लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, लोक तथा आदुनिक गायक अमृत खाती, लोक तथा दोहोरी गायिका बसन्त थापा, र लोक पप गायक डि.बि लोप्चन, लोक पप गायक बि बि मल्ल ठकुरी, लगायत अन्य स्थानीय कलाकारहरु ले बेजोड प्रस्तुती गर्ने भएका छन ।

आफ्नो घर देश छोड़ी परदेशमा रोजगारीको सिलशिलामा परदेशी जीवन बिताउन बाध्य नेपालीहरु द्वारा स्थापित सामाजिक संस्था जो अहिले कुवेतमा सम्पूर्ण नेपालीहरुको सुख दुखको चौतारी बन्न सफल भइरहेको छ ।

पहिलो पल्ट आफ्नो प्रस्तुती पस्कन हिजो बेलुका 1:30 बजे कुवेत आएका कलाकार हरुले आफ्नो प्रस्तुतीले कुवेतमा कार्यरत सम्पुर्ण नेपाली बासी दिदि बहिनी तथा दाजु भाइ हरुलाई भरपुर मनोरञ्जन दिने बताएका छन ।

सांगीतिक धमाका कुवेतको खेतान स्थित इन्डियन कम्युनिटि स्कुल खेतान (खेतानको-अपरेटिभको अगाडी म्याग डोनाल्ड छेउको हलमा ६ जुलाई २०१८ को दिन बिहान ११ बजे देखि सुरु हुने छ ।

प्रवाशको ठाउँमा रहेता पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सामाजिक संस्था लालिगुरास सांस्कृतिक परिवार नेपाल कुवेत, कुवेतमा निकै चर्चामा रहेको संस्था हो । जस्ले विभिन्न सामाजिक,सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

उक्त कार्यक्रममा कुवेतमा रहेका नेपाली दजु भाइ तथा दिदि बहिनिहरु, ब्यबसायी, गैर ब्यबसायी, विशिष्ट समाजसेवी व्यक्तित्वहरु, पत्रकार तथा संम्पुर्ण संघसस्थाहरुलाई पनि उक्त कार्यक्रममा सहभागी भई भब्य रुपमा सफल पारिदिनु हुन संस्थाले हार्दिक अनुरोध गरेको छ।

मिति : ०६ जुलाई २०१८ शुक्रबार
समय : बिहान ११:०० बजेदेखी
स्थान : इन्डियन कम्युनिटि स्कुल खेतान (खेतानको-अपरेटिभको अगाडी म्याग डोनाल्ड छेउ)


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...