Wednesday 24th April 2024

अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको गोली हानी हत्या


ग्यास स्टेसन लुट्न आएका लुटेराको आक्रमणमा परी अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा बुधबार बिहान भएको घटनामा ४० वर्षिय रेशम बजगाईंको मृत्यु भएको हो ।

गोरखा जिल्लाको केराबारी पुर्खाैली घर भई पछिल्लो समय चितवनको भरतपुर बस्दै आएका बजगाईं ग्यास स्टेसनमा काम गरिरहेको अवस्थामा आक्रमणमा परेका थएि । अमेरिकी स्वतन्त्रता दिवस, जुलाई ४ को बिहानै घटेको सो घटनाबारे वासिङ्टन पोष्ट अनलाइनले स्थानीय फेयरफयाक्स प्रहरीलाई उदृत गर्दै दिएको जानकारी अनुसार पसल लुट्ने नियतले लुटेराले बजगार्इंको टाउको गोली प्रहार गरेको हुनसक्ने अनुमान छ ।
करिब नौं महिना अघि मात्र अमेरिका आएका बजगाईंका श्रीमती र पाँच वर्षीया छोरी अमेरिकामै छन् ।
प्रहरीले घटनाको लगत्तै संदिग्ध बन्दुकधारी मोहम्मद अबदुल्लाहीलाई नजिकैको पार्किङ लटबाट पक्राउ गरेको छ ।

सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...