Saturday 26th September 2026

मलेसियाका विभिन्न ठाउँमा व्यापक प्रहरी परिचालन


मलेसियामा अवैधानिक रुपमा बसिरहेकाहरुलाई पक्राउ गर्ने अभियान सुरु भएको छ । साताको पहिलो दिन नै बुकित विन्ताङ क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालित भएको मलेसियाबाट रमेश कुमार थारुले जनाएका छन् । उनका अनुसार सो क्षेत्रमा रहेका बंगलादेशी नागरिकले सञ्चालन गरेका पसलहरु विहानै देखि बन्द छन् ।

विभिन्न देशबाट आइ ईल्लिगल(अवैधानिक) रुपमा बसिरहेका आप्रवासी कामदारलाई पक्राउ गर्ने अभियान मलेसियाले आज(आइतवार) देखि सुरु तिव्र बनाएको हो । यसक्रममा अवैधानिक रुपमा बसिहेका त्यस्ता कामदार बस्ने सम्भावित क्षेत्रमा व्यापक धरपकड अभियान चलाइने मलेसियाको प्रहरीले यसअघि नै चेतावनी दिइसकेको छ ।

यसअघि अवैधानिक रुपमा बसिरहेकाहरुलाई बैधानिक हैसियत प्राप्त गर्न मलेसिया सरकारले रिहायरिंग कार्यक्रम सञ्चालन गरेको थियो । सो क्रममा निश्चित शुल्क तिरेर कानूनी हैसियत प्राप्त हुने व्यवस्था थियो । तर सो व्यवस्थाको समय सकिएसँगै अव धरपकड सुरु हुने भएको हो । रिहायरिंगको समय समाप्त भइसकेपछि अवैधानिक कामदार पक्राउ परे त्यसरी पक्राउ पर्ने व्यक्ति र रोजगारदाता दुवैलाई भारी जरिवाना तथा जेल सजाय समेत हुने चेतावनी मलेसिया सरकारले दिइसकेको छ । यसक्रममा पक्राउ पर्नेहरु ५ बर्षसम्म जेल पर्न सक्नेछन् ।

तर पक्राउ पर्नु अघि नै दूतावासमा सम्पर्क गरेर कागजात बनाएर भनें अझै पनि घर फर्किन पाउनेछन् । आगामी अगष्ट महिनासम्ममा त्यसरी फर्किनेहरुले थप कानूनी झण्झट व्यहोर्नु पर्ने छैन । तसर्थ समयमै स्वदेश फर्किन क्वाललम्पुर स्थीत नेपाली दूतावासले यसअघि देखि नै पटक पटक आग्रह गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनसँगको युद्धमा सैनिकहरूको मनोबल बढाउन ६ सय वर्षभन्दा पुरानो सन्त योद्धा दिमित्री दोन्स्कोयको अवशेष युद्ध मोर्चामा पठाएको छ। रुसी…

खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन हिँजो २५ सेप्टेम्बर २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले अघिल्लो…

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

प्रतिकृयाहरू
...