Sunday 5th July 2026

अफगानिस्तानमा उग्रवादी अाक्रमण, १९ जनाको मृत्यु


तितोपाटी –  अफगानिस्तानको जलालाबादमा आइतवार सिख र हिन्दूहरूमाथि आत्मघाती आक्रमण गरिएको छ । आक्रमणमा १९ जनाको मृत्यु भयो भने २० जना घाइते भए ।

यी हिन्दू तथा सिखहरू राष्ट्रपति अशरफ गनीलाई भेट्न गइरहेका थिए ।

नंगरहार प्रान्तका प्रवक्ता इनामुल्ला मियांखलीले आक्रमणमा ११ सिख, ६ हिन्दू तथा दुई अन्य अल्पसंख्यक धर्मावलम्बी रहेको बताएका छन् ।

अस्पतालमा भर्ना गरिएका नरेन्द्र सिंहले बताएअनुसार उनीहरूलाई नै लक्षित गरिएर आक्रमण भएको थियो । उनका पिता अवतार सिंह खालसाको आक्रमणमा मृत्यु भयो । खालसा अक्टोबरमा हुन लागेको निर्वाचन लड्न चाहिरहेका थिए ।

प्रान्तीय गभर्नर अतातुल्लाह खोगयनीले बताएअनुसार, चर्को विस्फोटका कारण नजिकैका अनेकौं भवन र पसलमा क्षति पुगेको छ । विस्फोटभन्दा केही घन्टाअघि गनीले शहरमा एक अस्पताल उद्घाटन गरेका थिए ।

अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन तर तालिबान र आईएससँग आबद्ध गठन नंगरहारमा सक्रिय छन् । इस्लामिक कट्टरपन्थीहरूले लामो समयदेखि अल्पसंख्यकहरूलाई निशाना बनाउँदै आएका छन् ।

सन् १९७० को दशकमा अफगानिस्तानमा हिन्दू र सिख समुदायका मानिसको संख्या ८० हजारभन्दा बढी थियो तर त्यो घटेर अहिले जम्मा एक हजारमा समेटिएको छ ।

सन् १९९० को दशकमा तालिबानको जगजगी हुँदा अल्पसंख्यकलाई पहिचानका लागि पहेंलो ब्यान्ड लगाउन लगाएका थिए । केही वर्षयता अफगानिस्तानमा भएका हिन्दू तथा सिखहरूले भारतमा शरण मागेका छन् ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

तेहरान, असार १९ (एजेन्सी): अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा करिब चार महिनाअघि मारिएका इरानका पूर्व सर्वोच्च नेता Ayatollah Ali Khamenei लाई…

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

प्रतिकृयाहरू
...