Thursday 24th September 2026

अाैषधीय गुणले भरपुर तिते करेला


तितोपाटी – तीते करेला औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ।

आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी( उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ।

पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ। त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ।

तितो करेला कतिपयको लागि राम्रो चिज हो तर कतिपय बिरामीका लागि विष सरह हुन्छ । गर्भवती महिलाले भुलेर पनि नखानुहोस् यसले गर्भ तुहिने सम्भावना हुन्छ । यसले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउछ । फर्टिलिटिको औषधि सेवन गरिरहनुभएको छ भने करेलाको प्रयोगले फर्टिलिटि सम्बन्धि औषधिको प्रयोलाइ कम गर्छ र रोगको माधा बढ्दै जान्छ ।

यदि तपाइमा पायल्सको समस्या छ भने तिते करेला नखानुहोस् किनकि यसले पायल्सको समस्यालाइ थप बल्झाउन मदत गर्छ । सल्यक्रिया गरेपछि पनि तिते करेलाको प्रयोग गर्नु हुँदैन् यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालार्इ प्रभावित पार्छ र सल्यक्रिया भएको २ हप्ता पछि मात्र करेला प्रयोग गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

कलेजो समस्या भएकाहरूले पनि तिते करेलाको प्रयोग गर्नुहुँदैन । यसको अत्याधिक प्रयोगले कलेजोमा इन्जाइम्स बढ्न थाल्छ जसले इन्फेक्सनको समस्या बढाउँछ । महिनावारीको समस्या छ भने बढी करेला खाने बानी आजैबाट छोड्नुहोस् । यो समयमा अत्याधिक रक्तस्राव हुनसक्छ त्यसैले यो समयमा करेला सेवनबाट टाढा बस्नु नै बेस हुन्छ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...