Thursday 24th September 2026

गर्मीमा अाँखाको सुरक्षा कसरी गर्ने ?


तितोपाटी – वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन्।

संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन् । यी समस्याबाट बच्न के गर्ने ? जानी राखौं ।

– आँखामा जथाभावी औषधि नराख्ने
– कचेरा आएमा आँखालाई हातले नछुने
– आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने
– आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।
– गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने
– आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने
– आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने
– आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने
– आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने
–आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...