Thursday 24th September 2026

गर्मी याममा खुट्टा गन्हाउने समस्याबाट कसरी मुक्त हुने ?


तितोपाटी – गर्मीमा पसिना आउनु साधारण कुरा हो । फरक यति मात्र हो कि कोहीलाई कम आउँछ त कोहीलाई धेरै । पसिनाका कारण शरिरबाट दुर्गन्ध आउन थाल्छ त्यो पनि विशेषगरी खुट्टा। दिनभरी अफिसमा जुत्ता लगाउँदा खुट्टामा पसिना आएपछि हुने चिसोका कारण जिवाणु पैदा हुन्छ जसका कारण दुर्गन्ध आउन थाल्छ । यसले कतिपटक अप्ठेरो स्थितीसमेत निम्त्याउँछ । आज हामी तपाईंलाई यस्ता घरेलु उपाय बताउँछौं जसको प्रयोग गरेर तपाईंको यो समस्या तत्काल राहत पाउन सकिन्छ ।

चियापत्ती राखिएको पानीः

पानीमा चियापत्ती राखेर थोरै उमाल्नुहोस् । जब पानी हल्का तातो भएपछि त्यसमा खुट्टालाई आधा घण्टासम्म डुबाउनुहोस् । घर फर्किएपछि दैनिक यस्तो गर्नुहोस् ।

नुन भएको पानीः

नुन राखिएको पानीले पनि तपाईंको पसिनाको समस्याबाट राहत दिलाउन मद्दत गर्छ । यसले छालालाई सुख्खा बनाउँछ र पसिना आउनबाट रोक्छ । एउटा भाँडोमा तातो पानी राखेर त्यसमा नुन मिसाउनुहोस् । नियमित रुपमा नुन राखिएको मनतातो पानीमा २० देखि ३० मिनेटसम्म डुबाएर राख्नुहोस् ।

एप्पल साइडर भेनेगरः

मनतातो पानीमा एप्पल साइडर भेनेगर राखेर खुट्टालाई केही बेरसम्म त्यसमा राख्नुहोस् । त्यसपछि खुट्टालाई राम्रोसँग पुछ्नुहोस् र जुत्ता लगाउनुहोस् । हप्तामा दुईपटक यसो गर्नुहोस् ।

साबुनले धुनुहोस्ः

अफिसबाट फर्किएपछि दैनिक खुट्टालाई साबुनले मनतातो पानीले धुनुहोस् । यस्तो गर्दा दुर्गन्ध पैदा गर्ने जिवाणु नष्ट हुनेछ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...