Sunday 17th May 2026

अाफुसँग विवाह गर्न नमान्दा एक मेजरद्वारा साथीको श्रीमतीको हत्या


आर्मीका दुई मेजर, दुबै मिल्ने साथी । त्यसपछि एक मेजरले आफ्नो साथीलाई धोका दिन सुरु गर्छन् र यो धोकाले हत्याको भयानक रुप लिन्छ । आखिर के हो यो दोस्ती, प्रेम र धोकाको पूरा कहानी जसको पुलिसले बिस्तारै खुलासा गरिरहेको छ ।

दिल्लीको क्यान्ट इलाकामा दिउँसै एक महिलाको घाँटी रेटेर हत्या गरिन्छ । पुलिसले सूचना पाएलगत्तै सुरु हुन्छ यसबारे अनुसन्धान । सुरुमा त पूरा घटनालाई अपराधको अर्को एक घटना मानिन्छ र लामो समयसम्म शवको पहिचान हुन पाउँदैन । तर जतिजति यो घटनाक्रमबारे पर्दा खुल्दै जान्छ त्यति नै पुलिस चकित पर्छन् । मृतक महिलाको शनाखत सेनामा कार्यरत एक मेजरकी श्रीमती (शैलजा द्वीवेदी) को रुपमा हुन्छ ।

आखिर किन गरियो शैलजाको हत्या ?

दिल्ली पुलिसले सैन्य अधिकारीकी श्रीमती शैलजा द्वीवेदीको हत्याको मामलामा मेजर निखिल हान्डालाई पक्राउ गरेको छ । पुलिसका अनुसार मेजर निखिलले विवाहित शैलजालाई आफूसँग विवाह गर्न दबाब दिइरहेका थिए । जब शैलजाले अस्विकार गरिन् तब निखिलले चक्कुले गला रेटेर उनको हत्या गरिदिए ।

भारतीय समाचार एजेन्सी भास्करका अनुसार मेजर निखिल दिल्लीको साकेतमा बस्छन् । उनका पिता नेवीमा अफिसर छन् । यतिबेला निखिल नागाल्याण्डको दीमापुरमा तैनाथ छन् । दुई महिना अघिसम्म मेजर अमित द्वीवेदी र उनकी श्रीमती शैलजा द्वीवेदी पनि दीमापुरमा नै थिए । निखिल हान्डा र मेजर अमित निकै राम्रा साथी हुन् । यसै कारण दीमापुरमा निखिल र शैलजाको पनि परिचय भएको थियो ।

शैलजा र निखिल हाण्डा

लगातार गर्थे फोनः

पश्चिमी दिल्लीका डिसीपी विजय कुमारका अनुसार विवाहित निखिल शैलजाप्रति अत्यधिक आकर्षित थिए त्यसकारण उनले शैलजालाई लगातार फोन गर्न थाले । उनी जून २ तारिखमा दीमापुरबाट छुट्टी लिएर दिल्ली आए र माइग्रेनको उपचार गराउने बहानामा आर्मी बेस अस्पताल जान थाले किनभने शैलजा खुट्टाको फिजियोथेरापी गर्न त्यहाँ आउँथिन् । निखिलले आफ्ना छोरालाई पनि उपचारका लागि बेस अस्पताल भर्ना गरेका थिए । उनी शैलजालाई विवाह गर्नका लागि लगातार दबाब दिइरहेका थिए । जब शैलजाले अस्विकार गरिन् तब उनले हत्या गरिदिए । घटनालाई दुर्घटनाको रुप दिन निखिलले शैलजाको टाउको कारले किचिदिए ।

कल डिटेल्सले खोल्यो राजः

अनुसन्धानको क्रममा शैलजाको मोबाइलको जाँच गर्दा अन्तिम कल निखिल हाण्डाको भेटियो र पुलिसले यसैका आधारमा हत्याकाण्डबारे पर्दाफास गर्न सफ भयो ।

दिनभरी कारमा घुमिरहेः

पुलिसका अनुसार शनिबार अपरान्ह हत्या गरेपछि निखिल दिनभरी आफ्नो कारमा कहिले दिल्ली त कहिले एनसीआर घुमिरहे र बारम्बार लोकेशन परिवर्तन गरिरहे । यसैबीच उनले आफ्नो मोबाइल पनि स्विच अफ गरेका थिए । पुलिसले सिसिटीभी फुटेजमा कारको पहिचार गरेको थियो । तर उनलाई आइतबार अपरान्ह मेरठको केन्ट इलाकाबाट पक्राउ गरियो । विजय कुमारका अनुसार निखिलको गाडीमा थुप्रै चक्कु भेटिए । त्यसकारण यो स्पष्ट हुन्छ कि हत्याको योजना पहिले देखि नै बुनिएको थियो ।

हत्यामा अन्य दुई पनि संलग्नः

पुलिसका अनुसार अन्य दुईजनासँग शैलजा सम्पर्कमा थिइन् । उनीहरुको फोन पनि स्विच अफ छ । यी दुई भारतीय सेनासँग जोडिएका छैनन् तर परिवारका निकै नजिकका नातेदार हुन् ।

मिसेज इन्डिया अर्थ कम्पिटिसनमा भाग लिएकी थिइन्ः

शैलजा द्वीवेदी गृहिणी हुनुका साथै ग्ल्यामर क्षेत्रसँग पनि सम्बन्धित थिइन् । उनी अमृतसरमा बस्थिन् र विवाह अघि गुरुनानक देव युनिभर्सिटीमा लेक्चरर थिइन् । विवाहपछि उनी मोडलिङतर्फ झुकिन् र मिसेज इन्डिया अर्थ कम्पिटिसनमा भाग लिइन् । मिसेज इन्डिया अर्थ वेबसाइटमा दिइएको शैलजाको प्रोफाइल अनुसार उनले अर्बन प्लानिङमा एमटेक, जियोग्राफीमा मास्टर्स र टुर एण्ड ट्राभल म्यानेजमेन्टमा ब्याचलर गरेकी थिइन् । यसका साथै उनी क्याच एण्ड केयर नामको एनजिओसँग पनि जोडिइन् । उनी खाली समयमा गरिब बच्चालाई पढाउने गर्थिन् ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...