Wednesday 18th November 2026

कुवेतमा नेकपाको प्रवास संगठन गठनका लागि छलफल सम्पन्न


तितोपाटी – कुवेतमा नेपाल कम्युनिष्ट पार्टीको प्रवास संगठन गठन गर्नको लागि एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपालमा दुइ ठुला कम्युनिष्ट पार्टीहरू तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माअोवादी केन्द्रविच एकता भर्इ नेपालको इतिहासमै अहिले सम्मकै सबैभन्दा ठुलाे पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भए पछि कुवेतमा रहेका ति दुवै दलहरूका वैदेशिक संगठन तथा वैदेशिक भातृ संगठनहरू  समायाेजन गरी एक छुट्टै संगठन निर्माण गर्नको लागि सो छलफल कार्यक्रम अायोजना गरिएको थियो ।

छलफल कार्यक्रममा तत्कालिन नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्चका अध्यक्ष सहितका प्रतिनिधिहरू र तत्कालिन नेकपा माअोवादी केन्द्रका कुवेत इन्चार्ज सहित नेपाली जन-प्रगतिशील मञ्चका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। दुबै पक्षका प्रमुखहरूकाे समुपस्थितिमा प्रतिनिधिहरू बिच चलेकको छलफलबाट अागामी जुलाइ महिनामा दुबै तर्फबाट अधिकारसम्पन्न प्रतिनीधि मण्डल गठन गरि सर्व स्वीकार्य संयोजक स्तरीय एक समिति बनाइ उक्त समितिले छिट्टै नै अधिवेशन अायोजना गरी अधिवेशन मार्फत नया कार्य समिति चयन गर्ने सहमति भएको छ ।

समायोजन प्रकृयाको लागि नेपाली जन प्रगतिशील मञ्च कुवेतले प्रतिनीधिहरू तोकि सकेको छ भने प्रवासी नेपाली मञ्च कुवेतले केही हप्ता भित्रमै प्रतिनीधि तोक्ने जनाएको छ ।

पार्टी एकता भए लगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालिन दुबै पार्टीका जनवर्गीय र भातृ संगठनहरूलार्इ खारेज गरि ३ महिनाभित्र नया समिति गठन गर्ने निर्णय गरेको छ भने प्रवास विभाग हेर्नको लागि पार्टीले नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की र टेक बहादुर पाठकलार्इ तोकेको छ ।

 


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन ) अनन्त आकाशबीच चम्किने ताराका ज्योति हौँ हामी सबै, प्रकृतिका कणकणभित्र लुकेको चेतनाका मोती हौँ हामी…

कुवेतमा आयोजनामा हुन गइरहेको प्रथम मुजैनी–पूर्वेली टाइगर गोल्ड कप २०२६ फुटबल पर्व–मेला को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको…

भारतको सर्वोच्च अदालतमा बुधबारदेखि वैवाहिक बलात्कारसम्बन्धी १० वटा रिटमाथि सुनुवाइ भइरहेको छ। विवाहभित्र हुने जबर्जस्ती यौनसम्पर्कलाई अपराध मान्ने कि नमान्ने…

प्रतिकृयाहरू
...