Sunday 26th July 2026

कुवेतमा नेकपाको प्रवास संगठन गठनका लागि छलफल सम्पन्न


तितोपाटी – कुवेतमा नेपाल कम्युनिष्ट पार्टीको प्रवास संगठन गठन गर्नको लागि  एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपालमा दुइ ठुला कम्युनिष्ट पार्टीहरू तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माअोवादी केन्द्रविच एकता भर्इ नेपालको इतिहासमै अहिले सम्मकै सबैभन्दा ठुलाे पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भए पछि कुवेतमा रहेका ति दुवै दलहरूका वैदेशिक संगठन तथा वैदेशिक भातृ संगठनहरू  समायाेजन गरी एक छुट्टै संगठन निर्माण गर्नको लागि सो छलफल कार्यक्रम अायोजना गरिएको थियो ।

छलफल कार्यक्रममा तत्कालिन नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्चका अध्यक्ष सहितका प्रतिनिधिहरू र तत्कालिन नेकपा माअोवादी केन्द्रका कुवेत इन्चार्ज सहित नेपाली जन-प्रगतिशील मञ्चका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो  । दुबै पक्षका प्रमुखहरूकाे समुपस्थितिमा प्रतिनिधिहरू बिच चलेकको छलफलबाट अागामी जुलाइ महिनामा दुबै तर्फबाट अधिकारसम्पन्न प्रतिनीधि मण्डल गठन गरि सर्व स्वीकार्य संयोजक स्तरीय एक समिति बनाइ उक्त समितिले छिट्टै नै अधिवेशन अायोजना गरी  अधिवेशन मार्फत नया कार्य समिति चयन गर्ने सहमति भएको छ ।

समायोजन प्रकृयाको लागि नेपाली जन प्रगतिशील मञ्च कुवेतले प्रतिनीधिहरू तोकि सकेको छ भने प्रवासी नेपाली मञ्च कुवेतले केही हप्ता भित्रमै प्रतिनीधि तोक्ने जनाएको छ ।

पार्टी एकता भए लगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालिन दुबै पार्टीका जनवर्गीय र भातृ संगठनहरूलार्इ खारेज गरि ३ महिनाभित्र नया समिति गठन गर्ने निर्णय गरेको छ भने प्रवास विभाग हेर्नको लागि पार्टीले नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की र टेक बहादुर पाठकलार्इ तोकेको छ ।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...