Monday 21st September 2026

नेकपाको प्रदेशसभा सांसदलाई सहकर्मीकै झापड


दुर्वव्यवहार गरेपछि झापड हानेँ-मन्जु : सांसद पद खारेज गराउछौं-मण्डल

जनकपुरधाम -प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको झापड प्रकरणलाई लिएर पार्टीभित्र विवाद बढेको छ ।

महोत्तरीकी प्रदेशसभा सदस्य मन्जु यादवले धनुषाका सदस्य किशोरी साहलाई एक झापड हानेकी थिइन् ।

प्रदेशसभा सदस्य किशोरी साहले यादवमाथि कारवाहीको माग गरेका छन् भने मञ्जुले भने दलका नेता सत्यनारायण मण्डलकै उक्साहटमा आफूमाथि दुर्व्यवहार भएपछि प्रतिवाद गरेकी छन् ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मण्डल र किशोरी साहले आफूलाई अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको र सहन नसकेपछि प्रतिवाद गरेको सांसद मञ्जुले अनलाइनखबरलाई बताइन् ।

उनले भनिन् ‘मलाई गरीब महिला भनेर हेप्ने र सुन्नै नसक्ने अपशब्द प्रयोग गर्ने काम भयो । दलको नेतासँग सवाल जवाफ भइरहेका बेला किशोरी साह आएर तँ बकबक गर्दैछेस्, अब पनि बोलिस् भने २ झापट हान्छु भने । मैले झापड भनेको के हो ? भन्दै एक झापड हानेर देखाएकी हुँ ।’

प्रदेशसभा भवनभित्र रहेको नेकपा संसदीय दलको कार्यालयमै भएको यो घटनापछि मण्डल र साह बाहिरिएका थिए । नीति तथा कार्यक्रममा आफ्ना कुरा समावेश गर्न कम्प्युटर अपरेटरसँग कुरा भइरहेका बेला मण्डल आएर आफूलाई गालीगलौज गरेको उनले बताइन् ।

यसैबीच संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सांसद मञ्जु यादवको सांसद पद र संगठित सदस्यता खारेजीका लागि माग भइरहेको र केन्द्रमा जानकारी गराउने बताएका छन् । उनले मञ्जु यादवमाथि कारवाही नभए आफूहरु बाहिरिने चेतावनी समेत दिएका छन् ।

प्रदेशसभाका सांसद सत्रुघन महतो र केन्द्रीय सदस्य योगनारायण यादवको उक्साहटमा सो घटना गराएको आरोप मण्डलको छ । महतो र यादव दवैजना नेकपाका केन्द्रीय सदस्य हुन् । महतो मण्डलसँग तत्कालीन एमालेको संसदीय दलको नेतामा पराजित भएका थिए ।

मण्डलले भने ‘केही अपराधिक मानसिकताका नेताको उक्साहटमा ती महिलाले पागलपन देखाइन् । महिला भएकाले हामीले केही प्रतिवाद गर्न मिलेन । अहिले त केन्द्रीय कमिटीबाहेक पार्टीमा कुनै निकाय छैन । तर, अब संगठित सदस्यता र समानुपातिक सांसद पद खारेजीको पहल गर्छौं । हाम्रो पहल सफल भएन भने आफैं छाडेर हिड्छौं ।’

अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते…

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार…

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

प्रतिकृयाहरू
...