Tuesday 23rd April 2024

कपाल फुल्ने समस्य र समाधानको उपाय


तितोपाटी – चाँडौ कपाल फुल्ने अर्थात सेतो देखिने समस्या भएमा त्यसलाई घरमै उपचार गर्न पनि सकिन्छ । कपाल मानिसको पर्सनालिटीसँग जोडिएको महत्वपूर्ण अंग हो ।

कालो कपालले मानिसको पर्सनालिटीलाई अझै बढाउँछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस् । जो निकै फाइदाजनक छ । कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर आगोमा उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउकोमा लगाउनुस् । तेलले मालिस गर्नुस् र कम्तिमा एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रिया हप्तामा एक पटक वा दुईपटक सम्म गर्नुस् ।

कागतीको रस मिसाएर नरिवलको तेलले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । टाउकोमा तेल लगाएको करिब एक घण्टापछि आफ्नो कपाललाई धुनुस् । नरिवलको तेलले फुलेको कपाल रोक्न मद्दत गर्छ । प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । यसले कपाल झर्न र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । एउटा काँचको कचौरामा प्याज र कागतीको रस मिलाउनुस् । आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि एक हल्का हर्बल स्याम्पूले धुनुस् । यद्यपी प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ ।

बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईको कपाल विस्तारै विस्तारै कालो चमकदार हुनेछ । लौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्नुस् जसले कपालको प्राकृतिक रंग बनाउने, कपाल झर्न रोक्ने र कपाल फुल्न रोक्नेमा मद्दत गर्छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५…

सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा…

प्रतिकृयाहरू
...