Thursday 25th April 2024

अमेरिकामा अाप्रवासी कामदारलार्इ पक्राउ गरि अदालतमा मुद्दा दायर गर्न शुरू


तितोपाटी – अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो।

अमेरिकाको एक संघीय अदालतमा दर्जनौं आप्रवासीलाई उपस्थित गराएर सामूहिक सुनुवाई गरिएको छ। अदालतभित्रको समाचार एजेन्सीहरुका अनुसार टेक्सासस्थित संघीय अदालतमा अवैध आप्रवासीहरुमाथि भइरहेको सामूहिक सुनुवाईको तस्वीर सार्वजनिक भएकाे छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका अवैध आप्रवासीको संख्या कटौती गर्ने नीति अघि सारेका छन् । उनले अमेरिकामा यसअघि विभिन्न मुलुकका नागरिकलाई दिदैं आएको अस्थायी आवास अनुमतिको सुविधा हटाउन लागेका हुन्।

आप्रवासीका कारण मुलुकको सुरक्षा व्यवस्था कमजाेर हुन पुगेकाे भन्दै अमेरिकी सरकारले यस्ताे नीति लिएकाे हाे। गृहयुद्ध, प्राकृतिक विपद्, भोकमरी लगायतका संकट झेल्दै आएका मुलुकका नागरिकका लागि अमेरिकाले यसअघि अस्थायी बसोबासको अनुमति दिदैं आएको थियो।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...