Friday 9th October 2026

पाल्पामा अवलोकन भ्रमणमा निस्केको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु ९ जना घाइते


तितोपाटी – पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु२ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन् ।

दुर्घटनामा मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, बसन्ती खाण, कमला कार्की, तानसेन–६ का सुशिलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु, सचिन बज्रार्चाय, गिता बुढाथोकी डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन–२ का लोकनाथ ढकाल,तानसेन–५ की दुर्गादेवी श्रेष्ठ, तानसेन–२ की मुना (मधु) सारु रहेका छन्।

मृतक मध्ये कमला कार्कीको लुम्विनी मेडिकल कलेजमा, सचिन बज्राचार्यको मिसन अस्पतालमा ल्याउँदै गर्दा, मुना (मधु) सारुकाे लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाे हाे भने अरु सबैको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइतेहनेहरुमा प्रफुल्ल शर्मा, सवारी सहचालक विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, चालक अर्जुन थापा र प्रविण बज्राचार्य, सन्तम बज्राचार्य र पूर्णमाया बज्रार्चायको उपचार भैरहेको छ। घाइते मध्ये प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ।

भर्खरै मिसन अस्पतालले घाइते मुना सारु र ओम मलेगोलाई लुम्बिनी मेडिकल कलेज रेफर गरिएको छ भने बस चालक अर्जुन थापालाई काठमाडौं लैजाने तयारी भैरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आर्चायले बताए।

पाल्पाको रम्भामा यात्रुबस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस शुक्रबार बिहान ९ बजे रम्भा गाउँपालिका– ४ स्थित हुमिनमा दुर्घटना हुँदा थप १३ जना घमइते भएका छन्।

मृत्यु हुनेमा तानसेन-४ का विष्णुमान बज्राचार्य, तानपा–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, तानपा-६ का सुशीलप्रसाद श्रेष्ठ, सचिन बज्राचार्य, तानपा-४ कृष्णबहादुर बोहोरा, दुर्गाबहादुर सारु, तानपा–२ लोकनाथ ढकाल, तानपा–३ कमला कार्की, वसन्ती खाँण, तानपा-६ गीता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए।

सचिनको मिशन अस्पताल र कमलाको मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको उनले बताए। जिल्लाको सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका-४ हुमीनमा दुर्घटनामा भएको हो। बस सडकभन्दा डेढसय मिटर तल खसेको छ।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनबाट भ्रमण जाँदै गरेको बस दुर्घटनामा परेको हो। घाइते मध्ये १० जनाको मिशन अस्पताल तानसेन र एक जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित : जेष्ठ १८, २०७५ १२:२९


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...