Wednesday 26th August 2026

गर्भवती हुँदा किन लाग्छ वाकवाकी ?


तितोपाटी – गर्भवती भएका बेला धेरैजसाे महिलाहरूलार्इ वाकवाकी लाग्ने गर्छ । जसले गर्दा खानेकुराहरू गनाउने, खानामा अरूची हुने गर्छ ।

चिकित्सकहरूका अनुसार एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी र रिंगटा लाग्नेगर्छ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ । स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्छ ।

सामान्यतया वाकवाकी लाग्न गर्भवती भएको ४ देखि ८ हप्ताबाट सुरु हुन्छ । र, यो क्रम १३-१४ हप्तासम्म रहन्छ । यस्तो अवस्थामा आमालाईअसहज भएपनि  पेटमा भएको बच्चालाई भने कुनै असर पु–याउँदैन ।

बिहान उठ्नुअघि भिजाएर राखेको गेडागुडी खानुपर्छ । त्यो खाएको केही समयपछि मात्र उठ्ने गर्नुपर्छ ।

एकैपटक थुप्रै खाने बानीलाई सुधार गर्दा राम्रो हुन्छ । बरु थोरै-थोरै छोटो-छोटो समयको ग्यापमा खाँदा यस्तो समस्याबाट छुटकारा पाउन सहयोग हुन्छ ।

नेपालीको खानासँगै पानी खाने बानी छ तर खानासँग धेरै पानी नखाँदा पनि यस्तो समस्याबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ ।

यसलाई कम गर्न अदुवा राखेर कागतीपानी पनि खान सकिन्छ । अधिक मात्रामा आइरनयुक्त खानाको प्रयोगले पनि यस्तो समस्यालाई धेरै घटाउन सकिन्छ । यसका लागि औषधि र चक्की पनि खान सकिन्छ । तर, स्वास्थ्यकर्मीको सल्लाहमा मात्र ।

कतिपय गर्भवती आमालाई वाकवाकी तथा बान्ता हुने समस्या अत्यधिक हुन्छ । यसरी हुने बान्ताबाट शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण तत्वहरूसमेत बाहिरिन सक्छ । त्यसैले यस्तो समस्या बढेमा तुरुन्तै स्वास्थ्य संस्था पुग्न आवश्यक हुन्छ ।


सम्बन्धित शीर्षकहरु

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

कुवेतमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १५० केडी, नभए पनि कम्तीमा १२५ केडीभन्दा कममा श्रमिक पठाउन नहुने सांसद क्षितिज…

कुवेतस्थित नेपाली राजदूतावासले विगतका वर्षहरूमा मृत्यु वा घाइते भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्त गराउन कानूनी प्रक्रियामार्फत आवश्यक पहल गरेको जनाएको…

प्रतिकृयाहरू
...