Saturday 20th April 2024

गर्भवती हुँदा किन लाग्छ वाकवाकी ?


तितोपाटी – गर्भवती भएका बेला धेरैजसाे महिलाहरूलार्इ वाकवाकी लाग्ने गर्छ । जसले गर्दा खानेकुराहरू गनाउने, खानामा अरूची हुने गर्छ ।

चिकित्सकहरूका अनुसार एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी र रिंगटा लाग्नेगर्छ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ । स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्छ ।

सामान्यतया वाकवाकी लाग्न गर्भवती भएको ४ देखि ८ हप्ताबाट सुरु हुन्छ । र, यो क्रम १३-१४ हप्तासम्म रहन्छ । यस्तो अवस्थामा आमालाईअसहज भएपनि  पेटमा भएको बच्चालाई भने कुनै असर पु–याउँदैन ।

बिहान उठ्नुअघि भिजाएर राखेको गेडागुडी खानुपर्छ । त्यो खाएको केही समयपछि मात्र उठ्ने गर्नुपर्छ ।

एकैपटक थुप्रै खाने बानीलाई सुधार गर्दा राम्रो हुन्छ । बरु थोरै-थोरै छोटो-छोटो समयको ग्यापमा खाँदा यस्तो समस्याबाट छुटकारा पाउन सहयोग हुन्छ ।

नेपालीको खानासँगै पानी खाने बानी छ तर खानासँग धेरै पानी नखाँदा पनि यस्तो समस्याबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ ।

यसलाई कम गर्न अदुवा राखेर कागतीपानी पनि खान सकिन्छ । अधिक मात्रामा आइरनयुक्त खानाको प्रयोगले पनि यस्तो समस्यालाई धेरै घटाउन सकिन्छ । यसका लागि औषधि र चक्की पनि खान सकिन्छ । तर, स्वास्थ्यकर्मीको सल्लाहमा मात्र ।

कतिपय गर्भवती आमालाई वाकवाकी तथा बान्ता हुने समस्या अत्यधिक हुन्छ । यसरी हुने बान्ताबाट शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण तत्वहरूसमेत बाहिरिन सक्छ । त्यसैले यस्तो समस्या बढेमा तुरुन्तै स्वास्थ्य संस्था पुग्न आवश्यक हुन्छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...