Friday 17th May 2024

स्वप्नदोष र समाधानका उपायहरू


तितोपाटी डट कम – स्वप्नदोष युवा अवस्थामा देखा पर्ने आम शारीरिक समस्या हो । सामान्यतया: राति निद्रामा भएका बेला कामोत्तेजक सपना देखेर या अन्य कुनै कारणले बिना व्यक्तिको सक्रियता वीर्यस्खलन हुनु नै स्वप्नदोष हो ।

विश्वका फरक फरक परम्पराहरूमा स्वप्नदोष सम्बन्धी फरक फरक धारणा रहेका छन् । प्राचीन रोमन संस्कृतिमा यसलाई सामान्य शारीरिक घटनाका रूपमा लिइन्थ्यो ।

यहूदी संस्कृतिमा स्वप्नदोष भएको पुरुषले स्नान गर्नु पर्ने र सबै कपडा धुनु पर्ने साथै उक्द दिन साँझसम्म उसलाई अपवित्र मानिने गरिन्थ्यो ।

त्यस्तै सेन्ट अगस्टिनले इसाईहरूका लागि बनाएको नियममा स्वप्नदोषले हस्तमैथुनले जस्तै मानिसको चेतना प्रदुषित नगर्ने भएकाले यसलाई अपराध मानेका छैनन् । इस्लाममा पनि स्वप्नदोषलाई अपराध मानिएको छैन ।

इस्लाम संस्कृतिमा रमदानको महिनामा व्रतबस्दा यौन सम्पर्क या हस्तमैथुनद्वारा सोद्देश्य स्खलन भएको खण्डमा व्रतभङ्ग भएको मानिन्छ तर स्वप्नदोषलाई भने त्यो रूपमा लिइँदैन । तर यस अवस्थामा नुहाएर मात्रै धार्मिक अनुष्ठानहरूमा भाग लिन पाइन्छ ।

चिनियाँ बौद्ध परम्पराले पनि स्वप्नलाई हस्तमैथुन या यौनसम्पर्क जस्तो अपवित्र मान्दैन तर त्यसमा भिक्षुहरूलाई सचेत भएर सुत्न भनिन्छ ।

हिन्दू परम्परामा वीर्यलाई स्वास्थ्यको निम्ति साह्रै महत्वपूर्ण ठानिने भएकाले यसको रक्षामा जोड दिइएको छ । अनावश्यक रूपमा या प्रजनन इतर उद्देश्यका साथ वीर्यपात गर्नु दोषपूर्ण मानिन्छ ।

यही कारण हो सपनामा वीर्यपात हुनुलाई ‘स्वप्नदोष’ भनिएको हो । तर वर्तमान समयमा चिकित्साविज्ञानले यो कुनै दोष नभएको पुष्टि गरिसकेको छ । मनोवैज्ञानिकहरूका अनुसार सुत्ने बेला मनमा कामुक विचार ल्याएको खण्डमा कामोत्तेजक सपना हुनु सामान्य हो । र यस्तोमा वीर्यपात हुनसक्छ ।

स्वप्नदोष कुन अर्थमा पनि नराम्रो होइन भने यसले शरीरमा संचित वीर्य बाहिर निस्किन मद्दत गर्दछ जुन पुरानो भइसकेको हुन्छ । वीर्य शरीरमा निरन्तर बनिरहने भएकाले यो निस्किँदा यसले शरीरलाई स्वस्थ नै बनाउँछ ।

सपनामा यसरी वीर्यस्खलन हुनु कुनै गम्भीर समस्या नभए पनि यसले अन्जानमै युवाहरूलाई तनाव दिइरहेको हुन्छ । यसलाई कम निम्न उपाय अपनाउन सकिन्छ:

कामोत्तेजक साहित्य नपढ्ने, त्यस्ता चलचित्र नहेर्ने र राति सुत्ने बेलामा मनमा कामोत्तेजक विचार नल्याउने
बढी मसलेदार र अमिलो खानेकुरा नखाने
दिनहुँ व्यायाम गर्नाले शरीरको ऊर्जा सही ठाउँमा उपयोग हुन्छ र स्वप्नदोष हुन पाउँदैन।
स्वप्नदोष कम गर्न भिटामिन–बीयुक्त खानेकुरा बढी खाने गर्नुपर्छ ।
राति अबेरसम्म जागा रहने गर्नु हुँदैन । सुत्ने र उठ्ने समय नियमित गर्न सकियो भने स्वप्नदोषको समस्या कम हुँदै जान्छ ।
अमला र गाजर खाने गर्नाले पनि स्वप्नदोषको क्रमलाई कम गर्न सकिन्छ ।
तुलसीको जरालाई स–साना टुक्रा पारी पिसेर पानीसँग पिउने गर्नाले पनि स्वप्नदोष हुने क्रम घट्छ ।
अदुवा र प्याजको रसलाई मह र गाईको घ्यूसँग मिसाएर खाने गर्नाले पनि स्वप्नदोष कम हुन्छ ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...