Sunday 19th May 2024

शेर बहादुर देउवालार्इ किन जेल नहाल्ने ?


तोयानाथ उपेक्षित, अदालतमा न्यायमुर्ति भनिएका न्यायधिसहरु भगवान होईनन । भगवानले पनि गल्ती गर्छन भनिन्छ, न्यायधिस त को हुनर < यसो भनेर न्यायधिसलाई गलत गर्ने छुट हुन्छ वा हुनपर्दछ भन्ने किमार्थ होईन । फैसलामा भएका तु्रटीहरु सच्याईन्छन र क्षतिपुर्ति पनि भराईन्छन तर नियतबस हुने तु्रटीहरु, बदमासी, बदनियत, बदला वा आग्रहपूर्वाग्रहमा भएका फैसला तु्रटी होईनन तीनलाई सच्याईदैनन ।

बालकृष्ण ढुंगेल तीनै बेईमानीपूर्ण राजनैतिक अभिष्ठका लागि प्रहार भएका निशानी हुन । उनीमाथि कठोर प्रहार गरेर देउवा र उनका विदेशी सल्लाहकारहरुले प्रचण्ड र उनको पार्टीलाई तर्साउन खोजेका थिए । ढुंगेल प्रतिक्रान्ति एवं दक्षिणपन्थि डिजाईनमा आहुती हुन पुगे । उनलाई कठोर यातना दिईयो । अमानविय यातना भोगेर उनी अहिले जेलमुक्त भएका छन ।

गणतन्त्रका लागि संघर्ष गर्ने एउटा योद्धाले त्यहि गणतन्त्र प्राप्त भएपछि घोर यातना पाउनु र जेल जिवन विताउनु चानचुने अन्याय होईन । भनिएला उनी हत्यारा हुन वा अपराधी । तर युद्धकालिन हत्या र अपराधको हिसावकिताव बालकृष्ण ढुंगेल सँग मात्र खोजिन्छ, यो भन्दा ठुलो बेईमानी अरु के हुन सक्छ ? यस्तो न्यायीक प्रणाली संसारको कुनै पनि सत्ताले शायदै अभ्यास गरेका होलान । युद्धकालको हिसाव किताब शान्ति तथा मेलमिलापका माध्यामबाट खोजिन हुन्न वा हुदैन भन्ने हो भने सवै भन्दा पहिले शेर बहादुर देउवासँग धनजनको हिसाव किताव खोजिन पर्ने थियो । हत्या गरेर ठिक लगाउछु भन्ने उनको अहमताले १७ हजार मानिस मारिन पुगेको ईतिहास साँक्षी छ ।

अरु कसैलाई द्धण्द्धकालिन युद्धका घटनाले नछुने, बालकृष्ण ढुंगेललाई छुने ? कृष्ण सेन मार्ने सरकारलाई अमानवियता र कु्रररताको कुनै दोष नलाग्ने तर एउटा बबुरो बालकृष्णा लाई सडाउन देशी र विदेशी शक्ति ज्यान फालेर लाग्ने ? बालकृष्णलाई दोषी देख्ने तर दश बर्षको जनयुद्ध भुल्ने त्यो अन्धो फैसला गर्ने न्यायधिसहरु ईतिहासका का कठघरामा सधै रहने छन ।

मेलमिलाप आयोग ले युद्धकालिन घटना नहेर्ने अहिले भएका अदालतहरुले नै निरुपण गर्दै लाने भनियो भने पनि सवै भन्दा पहिले देउवा को पालो आउछ हिसाव किताव बुझाउने, अनि क्रमस प्रचण्ड, बाबुराम हुदै अरु आउथे होला तर कयौ तह मुनीका बालकृष्ण ढुंगेल मात्र त्यस्ता पात्र हुन पुगे जसले युद्धकालको अभियोग भोगे र भुक्तान गरेर बाहिर आए । जब राजनैतिक युद्धले एउटा शक्ति संन्तुलनको अवस्थामा शान्ति संझौता गरयो तब यी तमाम कुराहरुको व्यवस्थापन गर्न छाडेर बालकृष्ण ढुंगेल को पछाडी सरकारी र गैह् सरकारी सम्पूर्ण संयन्त्र लाग्नु निक्कै लज्जास्पद कुरा थियो ।

मर्ने र मार्ने युद्धको नियती नै हो । कसैले नजितेको र कसैले नहारेको अवस्थमा भएको एउटा सम्झौता र त्यसको उपज गणतन्त्रमा गर्व गर्ने हो भने बालकृष्ण जस्ता निष्ठाको राजनिती गर्ने कनिष्ठ पात्रलाई यसरी अन्याय गर्नु कुनै पनि कोणबाट क्षम्य मान्न मिल्दैन । नियतबस क्रान्तिको एउटा कनिष्ठ योद्धालाई एक बलिष्ठ अपराधी बनाउने राजनैतिक बेईमानी शेरबहादुर देउवाले गरे जुन कुनै पनि क्रातिकारी कार्यकर्ता ले कहिल्यै भूल्न सक्दैन । अदालतले सत्ताको प्रभावमा रहेर बकेको फैसलाबाट कोपभाजन हुन पुगेका बालकृष्णले ती न्यायधिस, ती वकिल, ती मानवअधिकारबादीहरु र ती पत्रकारहरुलाई कहिल्यै सम्मान त के माफी पनि गर्न सक्दैनन । जो कोही आज उनको ठाउँमा भए पनि उसले बालकृष्णकै बोली बोल्ने थियो । तर उनलाई दोषी करार गर्ने त्यो न्याय मरेको दिन बालकृष्ण भने मरेनन ।

आज तीनै डलरबादीहरुले राजनैतिक मुद्धा भनेर वकालत गरिदिए । यसमा ढुंगेलको जीत मात्र भएको छैन । मानवअधिकारबादीहरु स्वतन्त्र छैनन, उनीहरु विकाउवादी, स्वार्थबादी र नैतिकहिन छन र बौद्धिकताको व्यपार गर्ने प्रयोगवादी हुन भनेर पुष्टि पनि भएको छ ।

जनताले निर्भिकतापूर्वक सांसदका रुपमा चुनेका बालकृष्ण ढुंगेलमाथि राजनैतिक प्रतिशोध यति चरम रुपमा कुनै राज्य व्यवस्थामा हुदैन । उनलाई जनताले सांसद बनाउदैनथे भने देउवा र उनको अदालत ले ढुंगेलको पिछा उहिल्यै छाड्ने थियो होला । उनलाई जनताले रुचाए चुनाव जिताए । देउवाले बालकृष्णलाई प्रहार गर्न मृतक भनिएका उज्जन कुमार श्रेष्ठको घर परिवारलाई महरा बनाउदै ओखलढुंगाका जनताको मानमर्दन गरे । जनमतसँग खेलवाड गरे ।

आज गणतन्त्र दिवसका दिन रिहा भएका ढुंगेल ले सफाई पाएका भने होईनन उनले सजाए भोगेर छुटकार पाएका छन । चालिस प्रतिशत कैद मुक्तान भए पछि सरकारलाई आचरण ठिक लागेमा दिईने सुविधा ढुंगेलले पाएका मात्र हुन । अब देउवा लाई जेल हालेर बालकृण लाई झै पिसाव मा करेण्ट लाउनु पर्दछ । ढुंगेललाई झै देउवालाई पनि अदालतबाट फैसला गर्न लगाएर थुन्न पर्दछ तब मात्र बालकृष्ण ढुंगेलको आत्माले शान्ति पाउछ । जहाँ सम्म उज्जन कुमार श्रेष्ठको परिवारको कुरा छ त्यो परिवार ले न्याय पाउने कुरा फेरी पनि मेलमिलाप आयोग मार्फत नै हो । उनीहरु बालकृष्ण ढुंगेलका पछि आफै लागेका पनि होईनन उनीहरुलाई डलरबादी र तत्कालिन सत्ताले मिलेर अभियोजन गर्न लगाएका मात्र हुन । सत्ता स्वार्थका लागि हतियार बनाईएका हुन । प्रचण्डलाई तर्साउन राजनैतिक सौद्धावाजीका लागि ढुंगेल शिकार बनाईएका हुन ।

यो देशमा दश बर्षे जनयुद्ध बालकृष्ण ढुंगेल ले नै गरे झै गरी उनलाई यीनै न्यायीक निकायको प्रयोग गरेर सजाय गर्ने तर अरुलाई केहिले नछुने यस्तो कहि हुन्छ ? आखिर सत्ता र शक्ति कै खेल हो भने अव देउवा निरिह छन उनी सत्ता बाहिर छन, कमजोर अवस्थामा छन, किन समातेर नथुन्ने ? किन मुद्धा नहाल्ने ? जसको शक्ति उसको भक्ति नै राजनितीको धर्म हो भनेर बुझ्ने त्यस्ता नेतालाई किन पालिरहने ? उनले सिकाएको सत्ता संचालन गर्ने विधी किन अरुले प्रयोग नगर्ने ? बाघदण्ड फेरी जरुरी छ एकपटक ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...