Saturday 27th April 2024

एघाराैं गणतन्त्र दिवस (फोटो फिचर सहित)


तितोपाटी डट कम – मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइएको छ ।

२०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको०६५ जेठ १५ गते बसेकाे पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै अाएकाे छ ।

सरकारले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।

टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरिएको भए पनि यस वर्षबाट सार्वजनिक बिदा काटिएको छ । तथापि, प्रदे

श ५ ले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा बिहानैदेखि विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । संयुक्त विद्यार्थी संगठनले मंगलबार बिहान राजधानीमा प्रभातफेरि गरेको छ ।

गणतन्त्र दिवसको एक झलक फोटो फिचरः

 

 

 


सम्बन्धित शीर्षकहरु

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते…

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

प्रतिकृयाहरू
...