Sunday 4th October 2026
Uncategorized
Image

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित गर्न सफल भयो। अन्तरिक्ष यात्रा पूरा गरेर फर्कने क्रममा स्टारशिप पृथ्वीको वायुमण्डल पार गर्दै प्रशान्त महासागरमा अवतरण गर्ने अभ्यास गरेको थियो। अवतरणका बेला ठूलो आगोको गोला देखिए पनि परीक्षणलाई सफल…

Image

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना मानव तस्करले ती व्यक्तिहरूलाई अवैध मार्ग प्रयोग गरेर देशबाहिर लैजान खोजिरहेका थिए। सुरक्षा निकायले उनीहरूको योजना पत्ता लगाएर सबै ६ जनालाई पक्राउ गरेको छ। कारबाहीका क्रममा तस्करहरूले प्रयोग गरेका ४…

Image

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेका छन्। उनका अनुसार दिनमा बढीमा २–४ घण्टा मात्र आराम गरेर उद्धार अभियानमा निरन्तर खटिनुपरेको छ। शरीरमा घाउ र बिबिरा आएका छन्, लेदोका कारण खुट्टामा समेत चोट…

Image

चीनका विभिन्न क्षेत्रमा लगातार परेको भारी वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ। केही स्थानमा पहिरो (मडस्लाइड) गएको तथा मानिसहरू बेपत्ता भएका रिपोर्टहरू सार्वजनिक भएका छन्। स्थानीय प्रशासन तथा आपतकालीन उद्धार टोलीहरू प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा जुटेका छन्।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उष्णकटिबन्धीय आँधीबाट आएको भारी वर्षाले…

Image

साउदी अरबको राजधानी रियादमा रहेको सोफा उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा १६ जना बंगलादेशी आप्रवासी कामदारको मृत्यु भएको छ। आगलागी आइतबार मुसा सनैया औद्योगिक क्षेत्रमा रहेको कारखानामा भएको बंगलादेशी अधिकारीहरूले बताएका छन्। दुर्घटनामा ज्यान गुमाउने सबै बंगलादेशी नागरिक रहेको पुष्टि भएको छ। उनीहरू बंगलादेशका नाओगाउँ, नाटोर र राजशाही जिल्लाका…

Image

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी र सुरक्षा बलबीच भएको झडपमा दर्जनौँ मानिसको मृत्यु तथा सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आन्दोलन किन भइरहेको छ ? आन्दोलनकारीहरूको मुख्य माग आगामी प्रदेश (विधानसभा) निर्वाचनअघि राजनीतिक सुधार…

Image

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको मृत्यु भएको जनाएको छ। इरानी अधिकारीहरूका अनुसार आक्रमणपछि जहाजमा क्षति पुगेको थियो र एक जना चालक दलका सदस्यको ज्यान गएको थियो। इरानी पक्षले उक्त घटनालाई युक्रेनको सैन्य कारबाहीको परिणामका रूपमा…

Image

घनघोर बादल गर्जिए, हरियो भयो वन, शीतल बूँद झरेपछि, हर्षित भयो मन। खोला नाला मुस्कुराए, बग्न थाले गीत, धरतीमाथि छरियो फेरि, जीवनको संगीत॥ इन्द्रेणीले गगनभरि, रङ्ग अनेक छर्‍यो, चरीहरूको मधुर स्वरले, वनवनै भर्‍यो। धानका ती हरिया बाला, हावासँगै हाँसे, किसानका ती आशाका दीप, खेतभित्रै बाँसे॥ माटोको त्यो मीठो बास्ना, मनमुटुसम्म…

Image

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड वा लाख रुपैयाँ धरौटीमा आरोपीलाई छाडिदिन्छ। यस्तो अवस्थामा धेरैलाई लाग्छ, सरकारको दाबी कमजोर हो कि अदालतले फरक दृष्टिकोण अपनाएको हो? वास्तवमा बिगो र धरौटी एउटै कुरा होइनन्। सरकारले माग गर्ने…

Image

हिजो काम विशेषले नेपाली राजदूतावास पुग्ने अवसर मिल्यो। विदेशमा रहेका लाखौं नेपालीका लागि दूतावास भनेको आफ्नै देशको अनुहार हो। समस्यामा पर्दा सहारा खोज्ने, अधिकारका लागि ढोका ढकढक्याउने र आफ्नै राज्यको उपस्थितिको अनुभूति गर्ने थलो हो। तर त्यहाँ देखिएको अवस्था भने सेवामुखी संस्थाभन्दा अव्यवस्थित भीडभाड भएको कार्यालयजस्तो महसुस भयो। सर्वसाधारणलाई सेवा…