तितोपाटी - अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार अक्षयकोष निर्माण सहयोगार्थ विशेष सांगीतिक कार्यक्रम नेपालबाट अाएका अतिथि कलाकार नेपाल अाइडल २०१७ का फष्ट रनर अप निशान भट्टराईको साथमा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुति सहित हिँजो कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भब्य रुपमा सम्पन्न भयो। मन्चका अध्यक्ष सोम रसाईलीको सभाध्यक्षता,…
तितोपाटी - दाङमा सिमेन्ट उद्योगमा काम गर्ने तीन मजदुरको मुत्यु भएको छ। दाङको लमही नगरपालिका ७ कमानपुको सम्राट सिमेन्ट कम्पनीको नयाँ प्लान्ट निर्माणमा काम गरिरहेका तीन भारतीय मजदुरको पाँचौ तलाबाट खसेर मुत्यु भएको हो। मुत्यु हुने मजदुरमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन, ४६ वर्षीय…
!!जिवन !! संसार न त तिम्रो हुन्छ, न त मेरो हुन्छ। न प्रसिद्धि तिम्रो हुन्छ, न मजाक मेरो हुन्छ। घमण्ड नगर यो नासवान शरीरको.. खरानी मेरो पनि हुन्छ,खरानी तिम्रो पनि हुन्छ।। जिवनमा खाली राम्रो होस भनेर सोच्नेहरु.. मृत्युपछि ओढाउने कात्रो कहिले राम्रो हुन्छ।। काेही रोएर मनलाई खुशी पार्छन त काेही…
तितोपाटी - गाउँघरमा उखान छ नि, 'काम नभए बुहारी पाडाको नाइटो कनाउ', यतिखेर देशभरका गाउँपालिका तथा नगरपालिकालाइ त्यस्तै भएको छ । सरकारले बेरोजगारहरूलाई लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएपछि आवेदन दिएका धेरै बेरोजगारहरूमा यहि उखान लागु भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा करोडौं रकम आएपछि स्थानीय तहलाई हतारमा बजेट सक्नुपर्ने…
तितोपाटी - नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। १२ वर्षअघि नेपाल र…
तितोपाटी - बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छिन् । लैङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएकी छिन् । भूमिका तेस्रो लिङ्गी हुन् । संस्थाले विश्वभरबाट छनौट गरेका नौ हजार जनाबाट एकसय प्रभावशाली व्यक्तिको सूची…
तितोपाटी - समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ । पार्टीका नेताहरू केन्द्रिय अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दल दर्ताको लागि आजै अपरान्ह निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि…
तितोपाटी - यातायात ब्यवस्था विभागले गत वर्ष बढाएको सार्वजनिक यातायातको भाडा बढोत्तरी गरेको एक वर्ष पनि नुहुँदै पुनः भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको हो । यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा…
तितोपाटी - चीनको दक्षिण-पश्चिम क्षेत्रमा एक हप्तादेखिको अविरल वर्षाको कारण १७ जनाको मृत्यु भएको छ । गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन् । निरन्तरको वर्षाका कारण सयौं घर र हजारौं हेक्टरमा लगाइएको बालीनालीसमेत नष्ट भएको अधिकारीहरुले बताएका छन्। अझै केही दिनसम्म…
तितोपाटी - साउदी अरबमा एक नेपाली कामदार विरूद्ध मृत्युदण्डको फैसला सुनाइएको छ ।आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए पछि १२ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको हो। उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए…
![]()