Wednesday 15th May 2024

हत्या एक जघन्य अपराध हो


बविता पोखरेल, काठमाण्डाैं – हत्या एक जघन्य अपराध हो । मुलुकमा जघन्य अपराधका घटना ह्वात्तै बढेका छन् । सञ्चारमाध्यममा दैनिक, हत्याका समाचारहरूले प्राथमिकता पाइरहेका छन् । पछिल्लो समयमा समाजमा अपराधिक घटनाहरु घटिरहेका छन् । त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको छ । यस्ता घटनालाई नेपाली समाजको मुख्य विकृतिको रुपमा लिन थालिएको छ जसले गर्दा समाजमा त्रास फैलिएको छ । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार जस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । हत्याका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । सञ्चारमाध्यममा दैनिक, हत्याका समाचारहरूले प्राथमिकता पाइरहेका छन् ।

अघिलो महिना पाँचथरमा भएको हत्या काण्डले सबैलाई भावविह्रवल बनाएको थियो । उक्त घटना पत्याउनै नसकिने थियो । हत्याकाण्डले ९ जनाको विभत्सपूर्ण तरिकाले भएको सो हत्याकाण्डमा बाल बच्चालाई समेत बाँकी राखिएको छैन । अनुहार नै नचिन्ने गरी हानिएको सो घटना निकै दर्दनाक रहेको थियो । त्यसको केही दिन बित्न नपाउदै पन्ध्र वर्षकी शितल योङहाङको घाटि रेटेर हत्या भयो । यसअघि घटेको ललितपुर हत्याकाण्ड पनि त्यस्तै विभत्स थियो । सिन्धुपाल्चोक घर भई भक्तपुरको काँडाघारी बस्दै आएका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या र अपहरणकारी भनिएका व्यक्तिलाई प्रहरीले गरेको इन्काउन्टर पनि शंकाको घेरामा पर्यो। प्रहरीले यसलाई आत्मरक्षाका लागि गोली चलाउनुपरेको भनी बचाउ गर्यो। घटनाको वास्तविकता रहस्यमय नै रह्यो। सांसदहरुले समेत संसदमा बालक बचाउन नसक्नुमा प्रहरी संगठनको समेत कमजोरी देखिएको भन्दै आलोचना गरे । सोच्न पनि नसकिने गरी हत्या हुने गरेको पाइएको छ । केही दिन अघि मात्र ललितपुरमा आफ्नै जेठाजुले बुहारीको विभत्स हत्या गरेको घटना, प्रेमीले प्रेमीकाको हत्या गरेर खोलामा फ्याकेको घटना, जुन धेरै हिंस्रक पनि थियो । यसअघि पनि भएको रिना हत्या काण्ड होस् या रमिला हत्या काण्ड या बालिका निर्मला पन्त हत्याकाण्ड सबै हत्याकाण्ड निकै गम्भीर प्रकृतिका रहेका छन् । यस्तै एउटा उदाहरण बनेको भक्तपुरको र रौतहटको हत्या काण्ड ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा गत आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । छोरी ईश्वरीले आमाको हत्या गर्न भारतबाट ल्याइएका ‘कन्ट्रयाक किलर लाई १२ लाख दिने आश्वासन दिएर आमाको हत्या गर्न लगाएकी थिइन ।

आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ । घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको छ । मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको थियो उक्त प्रेम सम्बन्ध आमाले थाहा पाए पछि छोरीले आमाको हत्या गर्ने योजना बनाएको खुल्लासा भएको छ । हत्या भएपछि स्थानीयहरु डरले त्रसित भएका छन् । यस्ता घटना पछिल्लो समय भयवहरुपमा बढ्दै गएको छ ।

छोरीले आमाको हत्या गरेको घटना सेलाउन नपाउदै रौतहटमा बुवाले छोरीको हत्या गरेका छन् । जिल्लाको मौलापुर ६ पथराबुधराम टोलका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन्। बीमाको रकम हात पार्न उनले छोरीका हत्या गरी नजिकको फगनीरायको माछापोखरीमा फालेको स्वीकारेका छन्। जीवन बीमा गराएको महिना दिनपछि रौतहटमा बाबुले छोरीको हत्या गरेका छन् । ‘बीमाको रकम हात पार्न उनले छोरीको हत्या गरेको अनुसन्धानले देखाएको छ। आमासँगै सुतेका छोरीलाई बोकेर हत्या गरी पोखरीमा फालेको प्रहरी अनुसन्धानले देखियो । जिल्लामा पहिलो पटक यस्तो घटना देखेर प्रहरी समेत अचम्ममा परेको छ।

गएको मंगलबार राति बालिका लक्ष्मी आफ्नै घरमा आमासँगै सुतिरहेको अवस्थामा बेपत्ता भएको भन्दै अभिभावकले बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए। लगत्तै मौलापुर ईलाकाबाट प्रहरी निरीक्षक सहितको टोली रामकिशोरको घर पुगेको थियो। सम्बन्धित स्थानमा पुगी सोधपुछ गर्दा आमा लीलादेवीसँग सुतेकी लक्ष्मी बिहान झण्डै साढे १ बजेतिर ओछ्यानमा नभएको र आसपासमा खोजतलास गर्दा फेला नपरेको प्रहरीलाई बताएका थिए।

एसिड आक्रमण जस्ता घटनाले समाजमा अपराधिक अराजकता फैलिँदै गएको पुष्टि हुन्छ । मानिसमा मानवता हराउँदै गएको छ । सुन्दै पत्याउन नसकिने अति नै डरलाग्दा घटनाहरु पटक–पटक हुने गरेका सुनिन्छन् । आज फेरी पाँचथरको हिलिहाङ गाँउपालिकामा माईक्रोफाईनान्स कम्पनीमा काम गर्ने एक युवतीको हत्या भएको सञ्चारमाध्यममा समाचारहरूले प्राथमिकता पाइरहेका छन् । मंगलबार हिलिहाङ –६ चित्ते भन्ने ठाँउमा एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारीलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको छ । इलामको माइजोगमाई गाँउपालिका घर भई फिल्ड कर्मचारीको रुपमा कार्यरत युवतीको हत्या भएको हो । जताततै घटिरहेका यस्ता घटनाले देशमा जनसाधारणले शान्ति र सुरक्षाको अनुभूति गर्न पाइरहेका छैनन् । हाम्रो समाजमा सार्वजनिक भएका यस्ता कैयौं घट्नाहरु छन्, जसको विश्लेषणबाट हामीले हाम्रो समाज कतातिर गइरहेको छ भन्ने अनुमान गर्न सक्छौं । हामीले हाम्रा अग्रजहरुबाट के सिकेका थियौं र भावी पुस्तालाई के सिकाइरहेका छौं रु यो गम्भीर प्रश्न हो ।

पछिल्लो पटक समाज भएका यस्ता जघन्य कुकृत्यका श्रृङ्खलाबद्ध घटनाबाट मानवतामा एक प्रकारको डर त्रास देखिएको छ । समाज लज्जित भएको छ। समाजमा पटक-पटक यस्ता घटना दोहोरिएका छन्। पटक-पटक यस्तो घटना भएको र अपराधीहरूलाई उचित कारबाही नगरेकाले सबैलाई स्तव्ध बनाएको छ । यस्ता अपराधिक घटना धेरै ठाउँमा भएका छन् कतै यस्ता घटनालाई दबाएर राख्ने गरेको पनि सुन्न्छि । यस्तो घटना पहिलोपटक भएको होइन र यो पाँचथरमा मात्र भएको पनि होइन। यस्तो घटना जहाँ पनि हुन सक्दछ र जसलाई पनि हुन सक्दछ। यो जघन्य, बर्बर, निर्मम अपराध हो। मानवतालाई नै लज्जित पार्ने किसिमको अपराध भएकोले यसमा कडाभन्दा कडा सजायँ गरिनुपर्दछ। वर्तमान ऐन कानुन पर्याप्त नभएको गुनासो आएकोले त्यो ऐन कानुन संशोधन गरेर भए पनि यस्तो निकृष्ट एवं अमानवीय कार्य गर्नेलाई हतोत्साह एवं निरुत्साह पार्नुपर्दछ।

अपराधीले न्याय पनि पैसामा खरीद गर्न सफल भइरहेको अवस्था एकातर्फ छ अर्को भने पीडितले न्याय पाउन सकेका छैनन् । सर्वसाधारण जनताले आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । दिनदहाडै महिलाहरूमाथि बलात्कार तथा हत्या हुँदासमेत सुरक्षा निकायका अधिकारीहरू बेखबर वा मौन बसेका घटनाहरू सार्वजनिक हुन थालेका छन् । अपराध गर्नेहरुका विरुद्ध सरकारको कठोर कानुन र व्यवहार नभएका कारण यस्ता घटनाले प्रोत्साहन पाइरहेका छन् ।  दिनदिनै बढ्दै गएको महिला हिंसा र हत्याका घटनाले देशमा शान्तिको वातावरण नभएको महसुस हुने गरेको छ । हरेक यस्ता अपराधिक घटनाहरु दिन दई गुणा रात चौगुण बढीरहेको छ । हिंस,हत्या र बलात्कारका घटनाहरू राष्ट्रिय रूपमा नै चर्चाको विषय बन्ने गरेको पाइन्छ ।

दिनहुँ श्रृङ्खलाबद्ध तरिकाले घटिरहेका हत्या,बलात्कार,चोरी,लुटपाट जस्ता घटनाले हाम्रो समाज कता जाँदैछ भनेर सोच्न जरुरी भइसकेको छ । के मान्छे साँच्चै ‘राक्षस’ भएकै हो त ? हाम्रो समाजमा सामाजिक सुरक्षाको अभाव देखिएको छ । जनताले सुरक्षित महसुस गर्न सकेका छैनन् । सरकारले सुरक्षा दिन सकेको छैन । सरकारले अपराधीलाई कडा कारवाही गर्न पनि सकिरहेको छैन । अपराधीको मनोबल दिनानुदिन बढिरहेको छ । देशमा कानुन कमजोर बन्दै गइरहेको अवस्था छ । अपराध नियन्त्रण गर्ने संयन्त्र प्रभावकारी नभएकै हो त ?


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड’ २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्बश्रेष्ठ…

प्रतिकृयाहरू
...