Sunday 14th June 2026

राैतहटमा वीमा रकमको लोभमा बाबुद्वारा ४ वर्षीया छोरीको हत्या


तितोपाटी – रौतहटका एक बावुले वीमा वापत पाउने रकमको लोभमा आफ्नी चार वर्षीया छोरीको हत्या गरेको रहस्या खुलेको छ। २५ लाख बिमा रकमको लोभमा चार वर्षीया छोरीको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फ्यालेको प्रहरी अनुशन्धान बाट खुलेको छ। रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।असार १६ गते राती लक्ष्मीको घाँटी थिचेर हत्या गरेको र पोखरीमा फ्याकेको अवस्थामा १७ गते शव फेला परेको थियो । पक्राउ परेका यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा छोरीको नाममा २५ लाखको जीवन वीमा गराएका थिए।

हत्या गरी वीमाको रकम निकाल्ने योजनाअनुरुप नै यादवले छोरीको वीमा गराएको र वीमाको २९ औं दिनमा छोरीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो। राती आमासँगै घरमा सुतिरहेकी छोरीलाई बोकेर पोखरीको डिलमा लगेर नाक मुख थुनी हत्या गरी पोखरीमा फालेको आरोपी यादवले स्वीकार गरेका छन्।

वीमा गरेको एक महिना भित्रमा वीमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले उनले वीमा गराएको एक महिना नपुग्दै छोरीको हत्या गरेको हुनसक्ने डीएसपी कार्कीले बताए। शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गरी छोरीको हत्या गरी पोखरीमा शव फ्यालेको आरोपमा बाबु रामकिशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

वीमा रकम लिनका लागि छोरीको हत्या गरेको अनुशन्धानबाट खुलेको रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए। आफ्नै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरी पोखरीमा फ्यालेको खुलेपछि बाबुलाई नियन्त्रणमा लिएको डीएसपी कार्कीले बताए।

आर्थिक अवस्था कमजोर भएको र धेरै पैसा एकै पटक कमाउने योजनामा छोरीको बिमा गरी पछि हत्या गरेको समेत प्रहरीले जनाएको छ। वीमा वापतको प्रथम किस्ता करिब पौने २ लाख यादवले बैंकमा जम्मा गरेका थिए। उनले राती छोरीको हत्या गरी शव पोखरीमा फालेर छोरी हराएको भन्दै प्रहरीमा खबर गरेका थिए।बालिकाको शव पोखरीमा फेला परेपछि घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुशन्धान थालेको थियो।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी तनाव र इरान–पश्चिमी शक्तिहरूबीचको टकरावबीच पछिल्ला महिनाहरूमा देखिएका ड्रोन तथा मिसाइल घटनाले नयाँ राजनीतिक प्रश्नहरू जन्माएका छन्। विभिन्न…

पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम पाठमा सहमति जुटिसकेको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक अभिव्यक्तिमा…

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

प्रतिकृयाहरू
...