Saturday 16th May 2026

११२ जना रक्तदाता द्वारा रक्तादान गर्दै तमु समाजको छैटाैं रक्तदान कार्यक्रम सम्पन्न


तितोपाटी – तमु समाज कुवेतले अायोजना गरेको छैटाैं रक्तदान कार्यक्रम ११२ जनाले रक्तदान गरी सम्पन्न भएको छ ।  “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्वारा हिजो ५ जुलाई २०१९ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको र उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको कुरा समाजका महासचिव सुरेश गुरूङले तितोपाटी डट कम लाइ बताएका छन् ।

कुवेतका लागि नेपाली राजदूत महामहिम श्री दुर्गा प्रसाद भण्डारी ज्युको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रमलाई ब्लड बैंकका प्रतिनिधि डा. जाबर, पब्लिक रिलेशन हेड मोहाम्मद र तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङ द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूतले तमू समाजले गरेको यस मानविय कार्यको लागि आयोजक र सहभागी हुन आउने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै रक्तदान आँफैमा पुण्य काम हो भने यस्ता किसिमको मानबिय कार्यले कुवेत सरकारसँग नेपालीहरुको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै रक्तदान कार्यक्रमको आयोजना गरी सम्पूर्ण नेपालीहरुलाई पुण्य प्राप्त गर्ने अवसर जुटाएकोमा आयोजक तमू समाज, कुवेतलाई धेरै धेरै धन्यवाद दिएका थिए । मन्तब्यकै क्रममा ब्लड बैंकका प्रतिनिधि द्वय डा. जाबर र मोहाम्मदले जीवनमा रक्तदान भन्दा राम्रो कार्य अरु नहुने बदाउँदै सम्पूर्ण राक्तदाताहरुलाई खुलेर स्वागत गरेका थिए ।

समाजका उपाध्यक्ष याम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं छैटौ रक्तदान कार्यक्रमका संयोजक राजु गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने कार्यको तमू समाज, कुवेतले आजोजना गर्न गैरहेको र उक्त कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास, नेपाली सँघ-संस्था, बुद्धीजिबी एवं पत्रकार,सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सबैलाईलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सफल बनाउन बैचारिक रुपमा सहयोग गर्नु हुने अन्तरराष्ट्रिय नेप्लिज ब्लड डोनर्स प्रति हार्दिक कृतज्ञता प्रकट गरेका थिए। कार्यक्रम बेलुकी ६:३०बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्यवस्था गरिएको थियो।

रक्तदान कार्यक्रमका बिशेष सहयोगीहरु:

१) यातायात तथा पिउने पानी सौजन्य – तमु समाज कुवेतका सल्लाहकार समिति

२) पेय पदार्थ जुस सौजन्य – भेद गुरुङ र योजान लिम्बु

३) ब्यानर सौजन्य – हिमालय नेपाली रेस्टुरेन्ट, माहाबुल्ला

४) पेय पदार्थ चिया कफी सौजन्य – माया गुरुङ

५) सेनिटेसन आईटम सौजन्य – सरस्वती गुरुङ

६) मगर संघ कुवेत

७) डम्बर रिमाल

यातायात ब्याबस्थानमा सहयोग:
१, शुक गुरुङ
२, किरण गुरुङ
३, रुप गुरुङ
४, सुरेश गुरुङ

टेक्निकल सपोर्ट:
१, याम गुरुङ
२) अमृत गुरुङ


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...