राष्ट्रिय मानव अधिकार आयोगले बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन,…
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।२१ माघमा पद तथा गोपनियताको सपथ लिएका आयुक्त भण्डारीले राजनीतिक दल तथ दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाएका हुन् । भण्डारी, नेकपा ओली समूहका महासचिव विष्णु पौडेलसँग निकट मानिन्छन् । गत शुक्रबार यो जिम्मेवारी…
एजेन्सी - भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आज आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीमा आएको बाढीमा परि ठुलो जनधनको क्षति भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित भएका समाचारहरू अनुसार अहिले सम्म १० जना भन्दा बढीको शव भेटिएको छ भने १५० जना भन्दा बढि बेपत्ता भएका छन्। भारतीय…
गजल छानी छानी राष्ट्रघाती सबै भ्रष्टाचारीलाई। मृत्यु दण्ड देउ सरकार सधैं बलात्कारीलाई। स्वार्थ पूरा भएपछि, जबर्जस्ती हत्या गर्ने पापिष्ट ती राक्षस बाट,मुक्ति मिल्छ नारीलाई। निर्धक्क भइ साँढे जस्तै खुले आम चारैतिर कुकर्मको खेल खेली हिड्ने सत्ता धारीलाई । बृद्ध, प्रौढ, युवती, किशोरी अबोध बालिका, कोहि नछोड्ने यौन पिपासु ती बोकेदारीलाई।…
सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ। आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। यीमध्ये लामिछानेले…
माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जना युवतीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । घर लिपपोत गर्ने माटो लिन गएका १७ वर्षीया धनसरी विक, २० वर्षीया भावना ओड…
काठमाडौं उपत्यकाका ट्याक्सी चालक तथा व्यवसायी आन्दोलित भएका छन् । शनिवार आफ्ना ट्याक्सीसहित र्याली निकाल्दै व्यवसायीहरुले सरकारसँग वैज्ञानिक भाडादर कायम गर्नुपर्नेसहित विभिन्न माग गरेका छन् ।राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग व्यवसायीको छ । उनीहरुले निजी सवारीले भाडाका यात्रु बोक्ने गरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा पनि बन्द…
यतिबेला गायिका अञ्जु पन्त निकै चर्चित छिन् । कारण हो उनको विवाह । पछिल्ला केही समयदेखि आफूले दिने गरेका प्रत्येक अन्तर्वार्तामा छोरीले विवाह गर्नका लागि दबाब दिइरहेको बताउँदै आएको थिइन् । यसका साथै, उनले कोसँग र कहिले विवाह गर्ने भन्नेबारे भने टुङ्गो नभएको पनि बताउने गर्थिन् । तर पछिल्लो समय…
प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले शुक्रबार राजधानीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो बताए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अब मांसाहारी आन्दोलनले मात्र नहुने बताएकोप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् । ‘मांसाहारी आन्दोललने हुँदेन…
समाचारदाता - अनेसास केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजकत्वमा अनेसास एसिया समिति गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरू बिच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको हो । नव गठित यसिया समितिको सहसंयोजक - लतिका जोशी…
![]()